अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवस सम्पन्न

“दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य” भन्ने मुल नाराका साथ मंसिर १७, २०७६ तद्अनुसार ३ डिसेम्बर २०१९ मंगलबार २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाईएको छ । मूल आयोजक समितिद्धारा तय गरिएका सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत ३ डिसेम्बर २०१९ का दिन बिहान ८ बजे भृकुटिमण्डपबाट शुरु भएको र्याली भद्रकाली, आर.एन.एसि, रत्नपार्क हुँदै पुन भृकुटिमण्डपमा पुगी कोणसभामा परिणत भई ‌औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुको २८ औ अन्तराष्ट्रिय दिवसको प्रभातफेरीभृकुटिमण्डप मुल प्रवेशद्धारबाट शुरु भएको र्यालिमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ्ग, सचिव चन्द्र कुमार घिमिरे, अपाङ्गता भएका ब्यक्ति, पत्रकार, सरकारी तथा गैर सरकारी सँस्थाका प्रतिनिधि, अपाङ्गताको क्षेत्रका काम गर्ने सँघसँस्थाहरुका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु गरी १५०० जना भन्दा बढि ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ्ले पानसमा बत्ति बालेर र सचिव चन्द्र कुमार घिमिरेले घण्टी बजाएर एक साथ औपचारिक कार्यक्रमको उदघाटन गर्नु भएको थियो । नेपालको राष्ट्रिय धुन बजाई सुरू गरिएको कार्यक्रममा सम्माननीय राष्ट्रपतिश्री विद्या भण्डारी र सम्माननीय प्रधानमन्त्री श्री केपी ओलीले अपाङ्गता भएका व्यक्तिहरूको २८ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह-सचिव ज्ञानेन्द्र पौडेललेपढेर सुनाउनु भएको थियो ।

 

दिप प्रज्वलन फोटोयसैगरि अतिथिहरूमा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरुको सञ्जाल ए.आई.एन.र यसको अपाङ्गता कार्य समूह, आई.डि.ए.,माइराइट्स, ह्युमानिटी एण्ड इन्क्लुजन, सिविएम, माछापुछ्रेबैंक लगायत अपाङ्गताको सवालहेर्ने भातृ संस्थाका प्रतिनिधिहरु, महासंघका पूर्व अध्यक्षहरु र अपाङ्गताको विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने वर्गीय संस्थाका प्रतिनिधिहरू रहनुभएको थियो ।

कोणसभामाननीय मन्त्री पार्वत गुरुङ्ले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली, अपाङ्गता सम्बन्धी राष्ट्रिय प्रतिबेदन, अपाङ्गता सम्बन्धी नयाँ राष्ट्रिय नीति तथा कार्ययोजना चाडै ल्याउने प्रतिवद्धता ब्यक्ति गर्नु भएको छ भने अपाङ्गता भएका ब्यक्तिहरुका लागि सहायक सामग्रीको स्वेदशमा उत्पादन तथा प्रवर्द्धनका लागि मन्त्रालयले निरन्तरता दिने कुरा ब्यक्त गर्नु भयो । दिगो विकासको लक्ष्य पुरा गर्दैसमृध्द र सुखी नेपाल बनाउन विकासको हरेक तह र तप्कामा अपाङ्गता भएका व्यक्तिहरु सहितको समावेशी बिकास र समावेशी कानूनहरु निर्माणमा सरकार प्रतिवद्ध छ । राष्ट्रिय निर्देशक समितिलाई यथासिघ्र पुर्णता दिदै संघीय कानुनहरुलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गराउन र सुविधामा पहुँच पुर्याउनका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको कुरा औल्याउनु भएको छ ।संविधानले दिएको एकल अधिकारको सूचिमा अपाङ्गता भएका ब्यक्तिहरुको सेवा सुविधा लगायतका ब्यवस्था गर्ने जिम्मेवारी स्थानीय तहको भएको हुँदा स्थानीय तहलाई दक्ष जनशक्ति सहित साधन श्रोत सम्पन्न बनाउनु आजको आवश्यकता भएको महशुस भएको छ ।

यस कार्यक्रमका सभापति तथा राष्ट्रिय अपाङ्ग महासंघका संघीय अध्यक्ष श्री मित्रलाल शर्माले कार्यक्रमको समापनमा सभालाई सम्बोधन गर्नुहुदैं सन् २०२० – २०३० सम्मको दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न यस वर्षको नाराले प्रतिबिम्बित गरेको बताउनुभयो र सबैमा दिवसको शुभकामना व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सही र यर्थाथ रुपमा ल्याउन सरोकारवाला निकायहरुको प्रतिबध्दता अपरिहार्य भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिका साथ साथै राजनैतिक प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासंघका महासचिव श्री राजु बस्नेतले सञ्चालनगर्नुभएको उक्त मुल समारोहको समापन पश्चात अपाङ्गता भएका व्यक्तिकाप्रतिभाहरू प्रष्फुटन गराउन विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

हरेक वर्ष काठमाडौं सहित देशैभरी विभिन्न जिल्लामा अन्तर्राष्ट्रिय अपांगता दिवस डिसेम्बर ३ को अवसरमा प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, अन्य मन्त्रालयहरु, राष्ट्रिय अपाङ्ग महासँघको प्रदेश कार्यालयहरु तथा स्थानीयअपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरूको संयुक्त पहलमा प्रदेश स्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गरी मनाईन्छ । त्यस्तै गरी यस बर्ष देखि विभिन्न पालिकाहरुको समन्वयमा स्थानीय अपाङ्गता भएका ब्यक्तिहरुको पहलमा स्थानीय स्तरमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाईने गरेको छ ।