अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका

मिती २२ मङ्सिर २०७७ (७ डिसेम्बर२०२०)  अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्मा ज्युको अध्यक्षता,  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे ज्यु को प्रमुख आतिथ्यता, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन माहाशाखा प्रमुख डा. माधव लम्साल ज्युको विशेष अतिथ्यता तथा  अपाङ्गता सवालमा…

सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानी सम्बन्धी सचेतनामुलक जानकारी

समावेशी विकासको नमुना, सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानीको संरचना   सरसफाई, पिउने पानी र स्वच्छताकालागि बन्ने पूर्वाधार र उपलब्ध सुविधाहरू महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक आद सबैले विना कुनै अवरोध प्रयोग गर्न मिल्ने हुनुपर्छ उदाहरणका लागि, सबैखाले प्रयोगकर्ताले चर्पी खोल्न र बन्द गर्न मिल्ने गरी संरचना निर्माण गर्ने। प्याड व्यस्थापनका लागि…

अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

मिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बरमा विद्दुतिय (भर्चुअल) माध्यमद्वारा शुभकामना आदानप्रदान कार्यक्रम;सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतित्यथामा र सचिव याम कुमारी खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम…

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रेस बैठक

अन्तर्राष्ट्रीय अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकाशमा उनीहरुको समावेशिताका लागि कार्य गर्न मनाइन्छ। २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयले मंसिर १७ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) सँगको समन्वयमा एक भर्चुअल प्रेस…

कोभिड-१९ को सन्दर्भमा अपाङ्गता समावेशी जोखिम सञ्चार

पृष्ठभूमि हाल विश्वले यसअघि परिकल्पना नै नगरेको स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ। कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वमा झन्डै ३ करोड बढी मानिसहरू सङ्क्रमित भइसकेको छन् भने दश लाखको मृत्यु भइसकेको छ। नेपालमा पनि हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७० हजार र मृत्यु हुनेहरूको सङ्ख्या ५०० बढी पुगिसकेको छ। नेपालमा अपाङ्गता भएका व्यक्तिहरू सामान्य समयमा…

मानसिक र मनोसामाजिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक सन्देश

कोरोना भाइरसले निम्ताएको यस विसम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ । जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भै समस्या भएमा मानसिक स्वास्थ्य तथा मनोपरामर्श सहयोगको लागी मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको पैसा नलाग्ने…

डि पि ओ प्रतिनिधिहरुका लागि “समावेशी कोविड-१९ प्रतिकार्य व्यवस्थापन” तालिम!

विश्वमा फैलिरहेको कोविड-१९ महामारीलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महसंघ नेपालको आयोजनामा पाँच दिने “समावेशी कोविड-१९ प्रतिकार्य व्यवस्थापन” तालिम असोज २६ गते सफलता पुर्वक सम्पन्न भयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सीएमसी नेपाल (मानसिक र मनोसामाजिक स्वास्थ्य) र सप्रोस नेपाल (समावेशी आधारभूत आवश्यकता सहयोग) को सी बी एम सँग संयुक्त तत्वावधानमा कार्यान्वयन भईरहेको “कोविड-१९ प्रतिकार्यमा अपाङ्गता…

कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु

बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16)  अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ । 

कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।

कोभिड सम्बन्धी सचेतना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडको सहयोगमा कोभिड प्रतिकार्यको लागि सचेतनामूलक चित्र तयार गरेको छ । यस सचेतनामूलक चित्रमा स्वास्थ्य सेवा र उपचारमा संलग्न सम्पूर्ण निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा, सुविधा, उपचार तथा परामर्शको क्रममा उनीहरुका विशिष्ट आवश्यकतालाई ध्यान पुर्याइ काम गर्ने बारेमा  देखाइएको छ ।