अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका
मिती २२ मङ्सिर २०७७ (७ डिसेम्बर२०२०)
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्मा ज्युको अध्यक्षता, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे ज्यु को प्रमुख आतिथ्यता, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन माहाशाखा प्रमुख डा. माधव लम्साल ज्युको विशेष अतिथ्यता तथा अपाङ्गता सवालमा काम गर्नु हुने सरोकारवालाहरुको सक्रिय सहभागितामा सम्पन्न गरियो ।
FWDN का श्री निर्मला धिताल ज्युले अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुनर्स्थापना संग सम्बन्धित राष्ट्रिय अन्तरास्ट्रिय नीतिगत तथा कानुनी ब्यबस्था सम्बन्धमा प्रस्तुती गर्नु भएको थियो। । उक्त प्रस्तुतिमा अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुनर्स्थापना संग सम्बन्धित कानुनको बारेमा संक्षिप्त रुपमा जानकारी गराईएको थियो ।अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका स्वास्थ्य तथा पुनर्स्थापनासंग सम्बन्धित नीति कार्यन्वयनको अवस्थाको प्रस्तुतिकरण महेश्वर घिमिरे ज्युले प्रस्तुती गर्नु भएको भयो । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन माहाशाखाबाट डा.माधव प्रसाद लम्साल ज्युले अपाङ्गता व्यवस्थापन (रोकथाम,उपचार र पुनर्स्थापना) नीति रणनीति तथा १० वर्षे कार्ययोजना (सन् २०१७-२०२६ ) र अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका, २०७६ कार्यन्वयनको अवस्था माथि प्रस्तुतीकरण गर्नु भएको थियो ।
माथिको प्रस्तुतिकरणमा सहभागिको तर्फबाट हरिदत्त शर्मा ज्युले “अपाङ्गता भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य विमा, दुर्घटना विमा, निशुल्क रुपमा पाउनु पर्ने औषधी पाउने ब्यवस्था हुनुपर्छ ।” भन्ने कुरा राख्नु भयो ।
यतिराज निरौलाले भन्नुभयो “अपङ्गता भएका ब्यक्तिहरुको पहुँच वृद्बि गर्न प्रविधि मैत्रि सहायक सामाग्रीहरु बनाएर पहुँच बढाउनु पर्दछ। १ रुपंया लगानी गरेमा ९ रुपैया प्रतिफल प्राप्त हुन्छ। ”
किरन शिल्पाकार “स्वास्थ्य सेवा दिने डाक्टरहरुलाई सचेत गर्नुपर्दछ । उनिहरुले अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र सिफारिस गर्दा वास्तविकताको आधारमा सिफारिस गर्दा राम्रो हुन्छ ।”
मनु पन्थी “पुर्नस्थापना सेवाको माग बढ्दै छ । बनेका नितिहरुलाई सही कार्यान्वयनमा ल्याउन पर्ने देखिन्छ । स्वास्थ्य संगै एकिकृत रुपमा लैजानु पर्दछ भन्दै आयोजकलाई धन्यवाद दिनु भएको थियो ।”
त्यस्तै अन्जना गुरुङ, धनसरा साहि, कमला भुसाल ज्युहरुले अपाङ्गता भएका ब्यक्तिहरुको सहायक सामाग्रीहरु पहुँचयुक्त हुनुपर्दछ । स्थानिय तहमा उपलब्ध हुनुपर्दछ । वास्तविक ब्यक्तिले सेवा पाउनु पर्छ भन्ने कुरामा जोड दिनु भएको थियो ।
सहभागीबाट आएका कुराहरु माथि प्रस्तुतकर्ताहरुले सुझाव र सल्लाह संगै प्रतिवद्बता जाएर गर्नुभएको थियो ।
कार्यक्रमको संचालन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय सदस्य श्री देवु पराजुली र पुर्नस्थापना परियोजना संयोजक श्री सन्दिप वि.क ले गर्नु भएको थियो भने स्वागत राष्ट्रिय अपाङ्ग महासंघका सचिव श्री राजु बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएको श्री मित्रलाल शर्मा ज्युले अपाङ्गता भएका ब्यक्तिहरुलाई अर्काको सहयोग चाहिने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारणले स्वास्थ्य सेवामा पहिलो प्राथमिकतामा राख्नु पर्दछ । जसमा नियमित स्वास्थ्य सेवा, औषधी उपचार, स्वास्थ्य बिमा, कोभिड १९ को खोप पहिला अपाङ्गता भएका ब्यक्तिहरुलाई लगाउन पर्ने आदि विषयमा जोड दिनुपर्दछ । अपाङ्गता अभियानमा सहयोग गर्नुहुने सरकारी तथा सम्पूर्ण सरोकारवालालाई विशेष धन्यवाद दिदै कार्यक्रममा सक्रिय सहभागिताको लागि सवै सहभागिलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।