अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
मिति: १८ मंसिर २०७७
अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बरमा विद्दुतिय (भर्चुअल) माध्यमद्वारा शुभकामना आदानप्रदान कार्यक्रम;सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतित्यथामा र सचिव याम कुमारी खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले संचालन गर्नु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भौतिक रुपमा नै सहभागी भई संयुक्त रुपमा कार्यक्रम संचालन भएको थियो ।साथै सरकारी निकायहरु, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सदस्य संस्था, अपाङ्गता भएका व्यक्तिहरुका संस्था, नागरिक समाज, राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाहरुको पनि विद्दुतिय माध्यमद्वारा कार्यक्रममा उपस्थिति थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तराष्ट्रिय दिवसको राष्ट्रिय नारा वाचन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठले कार्यक्रमको उद्घघाटन गर्नु थियो । मन्त्रालयका सहसचिव टेक राज निरौलाले कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपति बिध्या देवि भण्डारी र सम्माननीय प्रधानमन्त्रि के.पि शर्मा ओलीको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको भयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले नेपालको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुको विद्द्यमान अवस्था र भावी कार्यदिशाबारे सुचनामुलक प्रस्तुतिकरण गर्नु भएको थियो । आफ्नो प्रस्तुतिकरणमा वहाँले १९९२ देखि अहिले सम्म अपाङ्गता अभियान मार्फत प्राप्त गरेको उपलब्धीहरु, संवैधानिक र कानुनी अधिकारको प्रावधान, अपाङ्गता अधिकार नियमावली २०७७ मा उल्लेखित सेवा सुविधाहरु, अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेको समस्या र चुनौतिहरुका साथै उपायहरुका साथ भावी कार्यदिशा बारे छलफल गर्नुभयो ।
अन्तराष्ट्रिय गैर सरकारी अपाङ्गता कार्य समुहका संयोजक बिर नेपालीले कोभिड-१९ को वर्तमान परिदृश्यमा पहुँचयुक्तता र समावेशीकरणको महत्वका बारेमा आफ्नो टिप्पणि प्रस्तुत गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्र लाल शर्माले भन्नुभयो “विभिन्न चुनौति र मुद्दाहरुको बाबजुद हामी त्यसलाई पार गर्दै अगाडि बढ्दै आएका छौं । प्रमुख रुपमा, हामीले लामो समयदेखी कुरिरहेको अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ जारी भई सकेको छ । उक्त नियमावलिमा अपाङ्गता भएका ब्यक्तिहरुले पाइरहेका सेवा सुविधाहरु समावेश भएका छैनन । ती सेवा सुविधा प्राप्तिको सुनिश्चितताको लागि नियमावली संशोधन गर्न जरुरी छ । जुन संशोधनीय दस्तावेज हो संशोधन हुन्छ । अझै, संघीय शिक्षा ऐन अपाङ्गता समावेशि हुन जरुरी छ, स्वास्थ्य का मापदण्डलाई परिपार्जन गर्दै अगाडि बढाउन जरुरी छ, अपाङ्गता मैत्रि कानुन बनाउन आवश्यक छ । हासिल गरिएका उपलब्धिहरुको रक्षा गर्न जरुरी छ र थप उपलब्धि सहकार्यबाट मात्र सम्भव छ । हामी आसावादी रह्यौ भने अगाडि बढ्न सक्छौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठले जोड दिनु भयो कि “ अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र स्वतन्त्र बनाउन जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणमा केन्द्रित १० बर्षिय कार्ययोजना बनाउने प्रमुख प्राथमिकता हुनुपर्दछ; हामीले मात्र भत्ता प्रदान गर्ने भन्दा सही दिशा दिने कार्यक्रमहरु ल्याउनु पर्छ ।”
कार्यक्रमका अध्यक्ष तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यम कुमारी खतिवडाले हालसम्मका उपलब्धीहरुलाई सराहानिय मान्दै अन्तयमा “अपाङ्गता साझा मुद्दा हो र यसको लागि रणनीति सहित कार्य योजना तर्जुमा गर्न आवश्यक छ जसको लागि बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समान्वय गर्नेछ” भन्ने कुरामा जोड दिनुभयो ।