National Federation of the Disabled Nepal, in partnership with CBM, is implementing a multi-year (2019-2024) advocacy project, “Include Us”, for inclusion of persons with disabilities. The major components of the project are; i/strengthening capacity of OPDs and government stakeholders; ii/generating…
बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।
"मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८" बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।
अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।
बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16) अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडको सहयोगमा कोभिड प्रतिकार्यको लागि सचेतनामूलक चित्र तयार गरेको छ । यस सचेतनामूलक चित्रमा स्वास्थ्य सेवा र उपचारमा संलग्न सम्पूर्ण निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा, सुविधा, उपचार तथा परामर्शको क्रममा उनीहरुका विशिष्ट आवश्यकतालाई ध्यान पुर्याइ काम गर्ने बारेमा देखाइएको छ ।