धारा ५ : सबै समान हुने र कसैलाई पनि भेदभाव नगरिने

यो महासन्धि अनुमोदन गर्ने देशहरूले सबै अपाङ्गता भएका व्यक्ति कानुनको नजरमा समान हुने र कानुनले तोकेका अधिकार र सुविधाहरूको पनि समानरूपमा उपयोग गर्न पाउने कुरा सुनिश्चित गर्छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई हेला, भेदभाव गर्न पाइँदैन भन्ने कुरा सुनिश्चित गर्छन् । यो महासन्धिलाई स्वीकार्ने मुलुकहरूले अपाङ्गताका आधारमा गरिने हेला, विभेद र अपमानहरूलाई निषेध गर्नेछन् र अपाङ्गता…

धारा ४ : महासन्धि स्वीकार गर्ने देशका सरकारले गर्नै पर्ने काम

यो महासन्धिलाई स्वीकार गर्ने सबै देशले वास्तविक व्यवहारमै अपाङ्गता भएका व्यक्तिहरूलाई समान व्यवहार गरेको सुनिश्चित गर्नै पर्छ । यस महासन्धिलाई स्वीकार गर्ने देशहरूले आफ्ना देशमा निम्न अनुसारका काम गर्ने भनेर प्रतिवद्धता गरेका छन्ः नियम र कानुन बनाएर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार सुनिश्चित गर्ने र महासन्धिमा लेखिएका कुराहरूसँग नमिल्ने खालका कानुन भए तिनलाई परिवर्तन गर्ने,…

धारा ३ : आधारभूत सिध्दान्त

(सिद्धान्त भनेको यो महासन्धिमा भएका व्यवस्थाहरूलाई व्यवहारमा ल्याउँदा सधैँ ध्यान दिनै पर्ने कुरा हो ।) ती यस्ता छन् : मानिसहरू आफूलाई लागेको कुरा छान्न स्वतन्त्र छन्, मानिसलाई जन्मजात सम्मान पाउने हक छ, व्यक्तिको रूपमा स्वतन्त्र पनि छन् । कसैका विरुद्ध भेदभाव, हेला वा उपेक्षा हुनेछैन । अन्य कुनै व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समाजमा समावेश…

धारा २ : कुन कुन शब्दले के के अर्थ बुझाउँछ ?

सञ्चार भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई कुराकानी गर्न र विभिन्न सूचनालाई बुझ्न सघाउने विधि र तरिकालाई जनाउँछ । उदाहरणका लागि कम्प्युटर, सजिलो भाषा प्रयोग गरेर लेखिएका पढ्ने सामग्री, ब्रेल, सुनेर सञ्चार गर्ने तरिका, ठूलो खालको छापा अक्षर, छोएर गरिने सञ्चार आदि, अपाङ्गताका आधारमा गरिने विभेद भन्नाले अपाङ्गता भएको भनेर हेप्नु, असमान व्यवहार गरिनु, मनमा दुःख लाग्ने शब्दहरू भनेर…

धारा १ : उद्देश्य (यो कानुन किन चाहियो ?)

यो कानुन अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि अरू मानिसको जति नै छ भन्ने कुरा निश्चित गर्न, उनीहरूले सबै मानव अधिकार उपयोग गर्न पाउनुपर्छ र अरू मानिसहरू जति नै स्वतन्त्र र इज्जतका साथ बाँच्न पाउनुपर्छ भन्ने कुरा निश्चित गर्न ल्याइएको हो । कुनै कारणले दबाइमुलो वा उपचार गरेर पनि निको नहुने गरी मान्छेको शरीर, इिन्द्रय वा…

नाम र परिचय

यो महासन्धिको अंग्रेजी नाम “Convention on the Rights of Persons with Disabilities” (कन्भेन्सन अन द राइट्स अफ पर्सन्स विथ डिसेविलिटिज) हो । यसलाई छोटो रूपमा CRPD वा UNCRPD भन्ने गरिन्छ । नेपालीमा यसलाई “अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि” भनेर अनुवाद गरिएको छ भने नेपाली भाषामा पनि “सीआरपीडी” एउटा चलनचल्तिको शब्दावली बनिसकेको छ । यो संयुक्त…

भुमिका

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षा र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले २००६ मा पारित गरी २० मे २००८ देखि संसारभरि लागू गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको हुनाले नेपालमा पनि यो अन्तर्राष्ट्रिय कानुन राज्यको पनि कानुनसरह लागू भइसकेको छ । यो महासन्धिले गरेका व्यवस्थालाई सबैले सरल तरिकाले बुझ्न सकियोस् भन्ने उद्देश्यले यसलाई…

संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व

संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व संविधान मूल कानुन हो । यसले राज्यको शासन व्यवस्थालाई निर्देशन गर्छ । संविधान जति नै राम्रो बने पनि त्यसमा गरिएका व्यवस्था कार्यान्वयन गर्न ऐन, नियमावली, नीति, नियम र निर्देशिका बन्नुपर्दछ । संविधानमा भएका कुराहरू संविधान कार्यान्वयन गर्ने दस्तावेजहरूमा परेनन् भने संविधानमा भएका अधिकारहरू हकवालाहरूले प्राप्त गर्न सक्दैनन् ।…

अनुसूची – ८

(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) स्थानीय तहको अधिकारको सूचीको क्रमसङ्ख्या १६ मा भएको व्यवस्था जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन व्याख्यात्मक टिप्पणी स्थानीय तहमा रहेका स्थानीय निकायहरूले काम गर्दा यो संविधान अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता…