सुविधा :
यूवा तथा खेलकुद मन्त्रालयले यूवा साझेदारी कार्यक्रम अन्तर्गत अपाङ्ग तथा द्वन्द्व पिडित यूवाहरुका लागि विभिन्न कार्यक्रमहरु र पारा ओलम्पीक र स्पेशल ओलम्पीक खेलकुद प्रतियोगिता गर्ने व्यवस्था गरेको छ ।
सुविधाका हकदार :
द्वन्द्व पिडित तथा नेपाल सरकारको परिभाषा र वर्गीकरण अन्तर्गत पर्ने अपाङ्गता भएका यूवाहरु ।
सेवा सुविधा प्रदान गर्ने निकाय :
केन्द्रमा : यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, खेलकुद विभाग ।
स्थानीय स्तरमा : जिल्ला खेलकुद विकास समिति, …… …… .. ……
सेवा सुविधा प्राप्त गर्ने प्रकृया
•स्थानीय स्तरमा संचालित अपाङ्गता भएका व्यक्ति वा द्वन्द्व पिडित यूवाहरुका लागि युवा तथा खेलकुद मन्त्रालयले ……… मार्फत संचालित यूवा साझेदारी कार्यक्रममा आवश्यक प्रकृयाहरु पुरा गरि सहभागि हुने ।
•राष्ट्रिय खेलकुद परिषदले जिल्लामा जिल्ला खेलकुद समितिहरु मार्फत वा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासमा संलग्न गैर सरकारी संस्थाहरु मार्फत संचालित विशेष खेलकुद वा पाराओलम्पीक खेलकुद सम्वन्धी गतिविधिहरु (तालिम, अभ्यास, छनौट, प्रतियोगिता आदि) मा सहभागि हुने ।
सुविधा प्राप्त गर्ने आधार :
राष्ट्रिय खेलकुद नीति २०६७