“पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरा र सुर्खेतमा दुईदिने तालिम

२०७७ साल चैत २

गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ आइतबारदेखि सुरु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सिबिएमको साझेदारीमा कार्यान्वयन भईरहेको “हामीलाई पनि समावेश गर” नामक परियोजना अन्तर्गत यस तालिम आज २०७७ साल चैत २ मा सम्पन्न भएको छ ।

पहुँचयुक्तताका सर्वव्यापी सिद्धान्तका आधारमा भवन संरचना डिजाइन गरी न्यायोचित समाज सिर्जना गर्ने उद्देश्य राखेर दुईदिने तालिम सञ्चालन गरिएको भनि यस तालिमका सहजकर्ता र आर्किटेक्ट परामर्शदाता मिलन बगालेले जानकारी दिए । उनका अनुसार पहुँचयुक्त भवन डिजाइनका लागि राष्ट्रिय भवनसंहिता र अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागू भई कार्यान्वयनमा गए पनि ती प्रयासले पहुँचयुक्तताका सबै प्रावधानलाई समेट्न सकेका छैनन् ।

‘अपाङ्गता भएका व्यक्तिको संस्था (डीपीओ), प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटी विज्ञ) र पत्रकार सञ्चारकर्मी गरी १२७ (३६ महिला, ९१ पुरुष) जनाले तालिममा सहभागीता जनाए । पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त सम्बन्धी विध्यमान संरचना/सेवामा विश्वव्यापी संरचनाका सिद्धान्तको प्रयोगको अवस्था, विभिन्न वस्तुको समावेशी डिजाईन, विश्वव्यापी संरचनाका सिद्धान्तको परिचय र प्रयोगवारे पुनरावलोकन, पहुँचयुक्तताको अर्थ र व्यापकता, पहुँचयुक्तता सम्बन्धी विध्यमान नीतिगत व्यवस्था, निर्देशिका र मापदण्डहरू सम्बन्धि समसामयिक विषयवस्तुमा सरोकारवालाबीच व्यापक छलफल भएको थियो ।

डीपीओ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटी विज्ञ) र पत्रकार सञ्चारकर्मीबीचको छलफल
डीपीओ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटी विज्ञ) र पत्रकार सञ्चारकर्मीबीचको छलफल
पहुँचयुक्तता र विश्वव्यापी सिद्दान्त सम्बन्धि २ दिने तालिम
पहुँचयुक्तता र विश्वव्यापी सिद्दान्त सम्बन्धि २ दिने तालिम