प्रदेश नं ३ को लागि समुदायमा आधारित पुनर्स्थापना (सिबिआर) कार्यक्रम २०७६
अपाङ्गता सम्वन्धी राष्ट्रिय घोषणा, नीति र मान्यता अनुरुप नेपाल सरकारले आपाङ्गता भएका ब्यक्तिहरुको सर्वाङ्गिण हित र पुनस्र्थापनाको लागि विविध नीति तथा कार्यक्रमहरु तय गरि कार्यन्वयन गर्दै आएको छ । बर्तमान अवस्थामा संयुक्त राष्ट्र संघबाट जारी गरिएको अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धि महासंन्धी २००६ नेपाल सरकारले अनुमोदन गरि पक्ष राष्ट्र भई सकेको छ । आपाङ्गता भएका ब्यक्तिहरुको समुचित पुनस्र्थपना, अधिकार र समान अवसर सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिका लागि अवसर समानिकरण सम्वन्धि संयूक्त राष्ट्र संघिय प्रामाणिक नियममा उल्लेखित समुदायमा आधारित पुनर्स्थापना अवधारणा र नीतिलाई नेपाल सरकारले आत्मसाथ गर्दै आएको छ । यस क्रममा आपाङ्ग सेवा राष्ट्रिय नीति तथा कार्ययोजना २०६३ को माध्यमद्धारा, समुदायमा आधारित पुनर्स्थापना Community Based Rehabilitation कार्यक्रम बिस्तार गर्दै आएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ हेटौडाले प्रदेश नं ३ भित्र रहेका ११९ वटै स्थानिय तहहरुमा आर्थिक वर्ष २०७६/०७७ को लागी प्रत्येक स्थानिय तहमा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमको लागी बजेट विनियोजित गरेको छ । समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालनको लागी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले कार्यविधी तयार गरिएको छ ।
PLMBIS Cord No. ६.२.२.१२ अपाङ्गता भएका व्यक्तिहरुका लागी समुदायमा आधारीत पुनर्स्थापना कार्यक्रमः
सञ्चालन कार्य विधि २०७६ :
शीर्षक | विवरण |
उद्देश्यः |
|
कार्यक्रम सञ्चालन प्रक्रिया | अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायामा आधारित पुनर्स्थापना कार्यक्रम (CBR)सञ्चालन सम्बन्धित स्थानीय तहले अपाङ्गता भएका क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुसंगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।संस्था छनोट गर्दा कम्तिमा १५ दिन म्याद राखि प्रस्तावना आव्हान सम्बन्धि सुचना प्रकाशन गर्नु पर्नेछ । उक्त सुचना अनुसुचि १ बमोजिमको संस्था छनोटका आधारहरु र अन्य दरखास्त संगै पेश गर्नु पर्ने कागजातहरुका बारेमा समेत उल्लेख गर्नु पर्नेछ । संस्था सम्बन्धित स्थानीय तहको हुनु पर्नेछ । यदि स्थानीय तहमा अपाङ्गता भएका क्षेत्रमा काम गर्ने संस्था उपलब्ध नभएमा सम्बन्धित जिल्ला भित्रैकै संस्था मध्येबाट छनौट गरि कार्यक्रम सञ्चालन गर्न सकिने छ ।
|
सि बि आर समन्वय तथा अनुगमन समिति | प्रत्येक स्थानीय तहको तपसिल बमोजिमको सि बि आर समन्वय तथा अनुगमन समिति गठन गर्नु पर्नेछ: १. संयोजक – उपप्रमुख /उपाध्यक्ष स्थानीय तह |
सि बि आर समन्वय तथा अनुगमन समिति काम कर्तव्य र अधिकार |
|
अनुदान रकम उपलब्ध नगराईने | यस मार्गदर्शनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि देहाय संस्थाहरुलाई अनुदान रकम उपलब्ध गराईने छैन ।
|
संस्थाले सञ्चालन गर्ने मुख्य मुख्य क्रियाकलाप |
|
अनुदान प्राप्त गर्ने संस्थाको दायित्व | अनुदान प्राप्त गर्ने संस्थाले देहाय बमोजिम दायित्व बहन गर्नुपर्नेछ ।
|
बजेट बाँडफाँड | कार्यक्रम सञ्चालनका लागि रु ३ लाख बजेट विनियोजित गरिएको छ । |
खर्च र लेखापरीक्षण | सशर्त अनुसारको रकम सामान खरिदका लागि खर्च गर्दा प्रचलित सार्वजनिक खरिद ऐन र नियमावलीको अधिनमा रहि खर्च गर्नु पर्नेछ साथै गोष्ठी सेमिनार तालिम दैनिक भ्रमण खर्च आदिको सम्बन्धमा बिद्यमान ऐन कानुनले तोके बमोजिम गर्नु पर्ने छ र प्रचलित कानुन बमोजिम आय व्ञ विवरणको लेखा राख्नुपर्नेछ । खर्चको आन्तरिक लेखापरीक्षण र अन्तिम लेखा परिक्षण प्रचलित कानुन बमोजिम गराइ सोको प्रतिवेदन मन्त्रालय मा पठाउनुपर्नेछ । |
अनुगमन र मुल्यांकन | सामाजिक विकास मन्त्रालय तथा अन्य सम्बन्धित निकायहरूबाट कार्यक्रमको अनुगमन तथा मुल्यांकन गरिने । |
प्रतिवेदन | कार्यक्रम प्रगति प्रतिवेदन चौमासिक र वार्षिक रुपमा तयार गरि स्थानीय तहले मन्त्रालयमा पठाउनु पर्नेछ । |