स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल
स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ।
यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।
अपाङ्गता दिवसको सेरोफेरोमा रही हालै पारित भएको अपाङ्गता अधिकार ऐनका प्रावधान र प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी र सेभ द चिल्डेनका लैङ्गिक सवालकी विषेशज्ञ श्री सोनी प्रधानसँग ईमेज च्यानलको ‘Talk of the Town’ कार्यक्रममा गरिएको अन्तरक्रिया कार्यक्रम यस भिडियोमा प्रस्तुत गरिएको छ ।
स्रोतः ईमेज च्यानेल
मिति २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो
“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”