स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल
स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ।
हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको…
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी रोजगार गर्न पनि ईच्छुक छिन । उनी एक विवाहित महिला हुन् तर उनको श्रीमान वेरोजगार छन् रात दिन जाड रक्सी खाएर उनलाई कुट्ने पिट्ने र जागिर खान नदिने कुरा गर्छ । शारिरिक…
यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सफल अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष र सफलताको कथाहरुलाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवन भोगाई र चुनौतिहरु के के रहेका छन् र कसरी आफ्नो सिप र क्षमतालाई विकास गर्दै ती व्यक्तिहरु प्रेरक जीवन बाच्न सफल भए भन्ने विषयवस्तुहरु समावेश गरिएको छ ।
“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुनगैरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकेकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भैरहेको वर्तमान परिप्रेक्षलाइ मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन, नदोहोरिउन।
अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।