कर्मचारी आवश्यकता सम्बन्धी सूचना
पहिलोपटक प्रकाशित मितिः २०७९/०७/२४
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्धन शाखामा सांकेतिक भाषा दोभाषेको रूपमा रहि काम गर्न तथा अन्य प्राविधिक सहयोग गर्ने प्रयोजनको लागि योग्य कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघको vacancy@nfdn.org.np मा तल उल्लेखित विवरण राम्रोसँग अध्ययन गरि आवेदन गर्नुहुन आह्वान गरिन्छ ।
पदः सांकेतिक भाषा दोभाषे
संख्या: १ जना
कार्यस्थानः महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अपाङ्गता अधिकार प्रवर्धन शाखा, सिंहदरवार काठमाडौ ।
आवश्यक शैक्षिक योग्यताः कुनैपनि विषयमा न्यूनतम कक्षा १२ उत्तिर्ण भएको
उमेर हदः १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको, नेपाली नागरिक
आवश्यक सीपः
- सांकेतिक भाषाको न्यूनतम चार महिनाको तालिम लिएको ।
- १ बहिरा व्यक्तिहरुले गरेकाे संकेतका आधारमा प्रष्टसँग संकेत गर्न सक्ने ।
- सुन्ने व्यक्तिले नेपाली वा अंग्रेजीमा बोलेको कुरालाई नेपाली सांकेतिक भाषामा र सांकेतिक भाषामा गरिएको सञ्चारलाइ नेपाली/अग्रेजी भाषा बोलेर राम्रोसँग अनुवाद गर्ने सक्ने ।
- कम्प्यूटर चलाउन जान्ने, कम्तिमा नेपाली र अंग्रेजीमा राम्रोसँग टाइप गर्न जान्ने, MS Word राम्रोसँग चलाउन जान्ने र सामान्य रूपमा MS Excel र MS PowerPoint चलाउन जान्ने ।
- इमेलमार्फत सूचना आदानप्रदान गर्न सक्ने ।
अनुभवः
- सांकेतिक भाषा दोभाषेको रूपमा काम गरेको कम्तिमा तीन वर्षको अनुभव भएको ।
- तालिम, गोष्ठी तथा बैठकहरूमा सांकेतिक भाषा दोभाषेको काम गरेको पर्याप्त अनुभव भएको ।
- सुनाई सम्बन्धी अपाङ्गता भएको व्यक्ति लगायत अन्य विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूसँग काम गरेको अनुभव भएको ।
- अपाङ्गताको विषयमा सामान्य ज्ञान तथा जानकारी भएको ।
आवेदन दिने तरिका
- निवेदन नेपाली भाषामा हुनुपर्ने
- अध्यावधिक व्यक्तिगत विवरण (CV) समावेश गर्नुपर्ने
- आवेदन दिँदा vacancy@nfdn.org.np मा पठाउनुपर्ने
विशेष प्राथमिकताः उल्लेखित योग्यता पुगेका महिला, अपाङ्गता भएका व्यक्ति, अभिभावकलाई प्राथामिकता दिइने ।