अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धी सूचना
सबैमा सादर निमन्त्रणा !!
विगतका वर्षहरु झैँ यसवर्ष पनि अष्ट्रेलियन सरकार (Australian Government)ले अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ को लागि आवेदन खुलेको छ र यस आवदेनको अन्तिम मिति २९ अप्रिल २०२३ सम्म समयावधी रहेको छ । यस आवेदनको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई जानकारी दिन र आवेदनको लागि प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको समन्वयमा अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धित अभिमुखीकरण सत्रको आयोजना गर्दैछ । उक्त कार्यक्रम यही फागुन ६ गते अर्थात शुक्रबार 18 February 2022 हुन गइरहेको हुनाले इच्छुक सबै जना सहभागी भइदिनुहुन अनुरोध छ ।
कृपया उक्त कार्यक्रममा सहभागी हुनको लागि देहायबमोजिमको लिङ्कमा गई रेजिश्ट्रेशन गर्नुहोला ।
https://events.australiaawardssouthasiamongolia.org/info-registration/4/154
अष्ट्रेलियन एवार्ड छात्रवृत्ति एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो जुन अष्ट्रेलियन सरकारले नयाँ पुस्तालाई विकासको मूलप्रावहिकरणमा ल्याउने उद्देश्य लिएको छ । नेपालमा यस एवार्डको अन्तर्गत मास्टर डिग्री प्रोग्रामको लागि विभिन्न विषयहरु उपलब्ध छन्; शिक्षा; लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण; सुशासन; स्वास्थ्य र पानीको स्रोत व्यवस्थापन आदी । योग्यता र मापदण्ड पूरा गर्ने इच्छुक नेपाली नागरिकले दिइएको लिङ्कमा जानुभइ छात्रवृत्तिमा आवेदन दिन सक्नुहुनेछ ।
साथै यस एवार्डको बारेमा विस्तृत जानकारीको लागि ईमेलमा संलग्न जानकारी पुस्तिकाबाट पनि प्राप्त गर्न सक्नुहुनेछ । यदी यहाँहरुको सम्पर्कमा कोही अष्ट्रिलियन एवार्ड छात्रवृत्तिमा आवेदन गर्न इच्छुक भएको खण्डमा पनि जानकारी दिनुहुन अनुरोध छ ।
थप जानकारीको लागि देहायको लिङ्कमा जान सक्नु हुनेछः
https://australiaawardsnepal.org/
https://apps.australiaawardssouthasia.org/eligibili…/nepal