अपाङ्गता भएका ब्यक्तिका लागि कोभिड १९ बिरुद्धको खोपका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रयास सम्बन्धी प्रेश नोट
नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टसँगै महामारी बिरुद्ध निषेधाज्ञा जारी गरेको डेढ महिनाको अवधिमा, राष्ट्रिय अपाङ्ग महासंघमा प्राप्त जानकारीको आधारमा, कोभिड १९ का कारण १३ जना भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन्, भने ३५० जना भन्दा बढी संक्रमित भएका छन् । विभिन्न कारणले कोभिड संक्रमणको उच्च जोखिममा अपाङ्गता भएका व्यक्तिहरू रहेको कारणले नेपालमा यस विरूद्धको खोपको कार्यक्रम सुरू भएदेखि नै खोप कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू प्राथमिकतामा पारिनुपर्छ भन्ने सवालमा महासंघले लगातार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत अन्य सम्बन्धित निकायहरूसँग पैरवी गर्दै आएको छ । तसर्थ यस विषयमा हालसम्म कोभिड १९ बिरुद्धको खोपमा अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा राख्न र खोपकेन्द्रहरूको पहुँचयुक्ता सुनिश्चित गर्ने सवालमा हालसम्म महासंघबाट भएका प्रयासहरु निम्न रहेको यो प्रेश नोटमार्फत सम्बद्ध सबैमा जानकारी गराइन्छ ।
१. कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन महाशाखासँग २ पटक बैठक सम्पन्न र प्राथामिकताका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिश ।
२. मिति २०७८ बैशाख २ गते अपाङ्गता भएका ब्यक्तिहरुलाई कोभिड १९ बिरुद्धको खोप पहिलो प्राथामिकतामा राखेर दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको ।
३. मिति २०७८ जेष्ठ १२ गते स्वास्थ्य तथा जनसंख्या सचिब ज्युलाई कोभिड १९ बिरुद्धको खोप प्राथामिकतामा राख्न भेटेर पत्र बुझाइएको ।
४. हाम्रो पहल पश्चात महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव ज्युले अपाङ्गता भएका ब्यक्तिहरुलाई खोप प्राथामिकतामा दिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार ।
५. मिति २०७८ जेष्ठ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी ज्युलाई भेटी अपाङ्गता भएका ब्यक्तिलाई खोप पहिलो प्राथामिकतामा राखी दिन अनुरोध गरिएको अव शुरु गरिने खोप अभियानमा प्राथामिकतामा राख्ने मन्त्रीज्युबाट प्रतिवद्धता भएको ।
६. मिति २०७८ जेष्ठ २६ गते महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री ज्युलाई भेटेर अपाङ्गता भएका ब्यक्तिहरुका लागि खोप प्राथामिकतामा राखेर दिन आवश्यक पहल गर्न अनुरोध गरिएको, यस बिषयमा चासो राखी सम्बद्ध पक्षसँग कुरा गरि आवश्यक पहल गर्ने प्रतिवद्धता भएको ।
७. मिति २०७८ जेष्ठ २६ गते स्वास्थ्य तथा जनसंख्या सचिव ज्युलाई भेटी अपाङ्गता भएका ब्यक्तिलाई खोप पहिलो प्राथामिकतामा राखी दिन अनुरोध गरिएको ।
८. हालसम्म हामीलाई खोप केन्द्रमा पुगेका अपाङ्गता भएका ब्यक्तिहरुले खोप लगाउन पाएको जानकारी प्राप्त भएको छ । तर अझै यस अन्तर्गत खोपकेन्द्रहरू सहज र पहुँचयुक्त बनाउनुपर्ने विषयमा हामी पैरवी गरिरहेका छौँ ।
९. मिति २०७८ असार ४ गते गते स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामाङ्ग ज्युलाई भेटी ध्यानकर्षण पत्र बुझाइएको । अपाङ्गताको बिषय मानवीय संवेदनशिलताको बिषय समेत भएको हुँदा नीतिगत निर्णय गरेर नै अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथामिकतामा राखी खोप दिन सरकारको तर्फबाट पहल गर्ने प्रतिवद्धता प्राप्त भएको छ ।
अन्तमा मन्त्रीज्यूवाट प्राप्त प्रतिवद्धताका लागि धन्यबाद दिदै प्राथमिकताका साथ सबै अपाङ्गता भएका ब्यक्तिले कोभिड १९ बिरुद्धको खोप नपाउञ्जेल राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पैरवीको अभियान जारी राख्ने प्रतिवद्धता जनाउँदै यसमा सबैको ऐक्यवद्धता र सहयोगको अपेक्षा गर्दछौँ ।
मिति २०७८/०३/०५
राजु बस्नेत
महासचिव
![](https://nfdn.org.np/wp-content/uploads/2021/06/अपाङ्गता-भएका-ब्यक्तिका-लागि-कोभिड-१९-बिरुद्धको-खोपका-प्रेश-नोट-733x1024.jpg)
![अपाङ्गता भएका ब्यक्तिका लागि कोभिड १९ बिरुद्धको खोपका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रयास सम्बन्धी प्रेश नोट_२](https://nfdn.org.np/wp-content/uploads/2021/06/राष्ट्रिय-अपाङ्ग-महासंघ-नेपालको-प्रयास-सम्बन्धी-प्रेश-नोट_२-719x1024.jpg)
स्वास्थ्य तथा जनसंख्या सचिवलाई बुझाइएको पत्र
![स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयश त्रिपाठिलाई कोभिड विरुधको खोपमा अपाङ्गता भएका व्यक्तिहरुको प्राथमिकताको लागि बुझाइएको ध्यानाकर्षण पत्र](https://nfdn.org.np/wp-content/uploads/2021/06/स्वास्थ्य-मन्त्री-माननीय-हृदयश-त्रिपाठिलाई-बुझाइएको-ध्यानकर्षण-पत्र-729x1024.jpg)
![माननीय चन्दा चौधरीलाई कोभिड बिरुद्धको खोपबारे ध्याकर्षण पत्र बुझाउदै](https://nfdn.org.np/wp-content/uploads/2021/06/महिला-बालबालिका-तथा-जेष्ठ-नागरिक-मन्त्री--723x1024.jpg)
![](https://nfdn.org.np/wp-content/uploads/2021/06/महिला-बालबालिका-तथा-जेष्ठ-नागरिक-मन्त्री-1024x767.jpg)
![स्वास्थ्य मन्त्री माननीय शेर बहादुर तमाङलाई बुझाइएको ध्यानकर्षण पत्र](https://nfdn.org.np/wp-content/uploads/2021/06/स्वास्थ्य-मन्त्री-माननीय-शेर-बहादुर-तमाङलाई-बुझाइएको-ध्यानकर्षण-पत्र-760x1024.jpg)
![स्वास्थ्य मन्त्री माननीय शेर बहादुर तमाङलाई ध्यानकर्षण पत्र बुझाउदै_](https://nfdn.org.np/wp-content/uploads/2021/06/स्वास्थ्य-मन्त्री-माननीय-शेर-बहादुर-तमाङलाई-ध्यानकर्षण-पत्र-बुझाउदै_.jpg)