समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम चितवनमा सम्पन्न
मिति २०७७ साल चैत्र ८ – १० गतेसम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र माइराईट नेपालको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघसंस्थाहरुमा क्रियाशिल रहनुभएका सातै प्रदेशका ३९ जना महिला सहित ७९ जना दशै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई समावेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) प्रदान गरेको छ ।
![समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको औपचारिक उत्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै महासंघका अध्यक्ष मित्रलाल शर्मा](https://nfdn.org.np/wp-content/uploads/2021/03/अध्यक्ष-मित्रलाल-शर्मा.jpeg)
उत्घाटनको क्रममा महासंघको अध्यक्ष मित्रलाल शर्मा ज्यूले देशै भरीबाट आउनुभएका तालिमका सहभागीहरुलाई शुभकामना तथा बधाई दिनुहुदैँ अबको दिनमा स्थानिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षाको पहुँच अभिवृधि गर्न र समावेशी शिक्षामा समबुझाईको विकास गर्न यस तालिमले टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको थियो भने महासंघका महासचिव राजु बस्नेत ज्यूले सो औपचारिक रुपमा तालिमको सुरुवात गर्नुभएको थियो ।
तालिमलाई रचनात्मक, सहभागिता र सिकाईमूलक विधिलाई जोड दिई ७९ सहभागीहरुलाई दुई समूहमा विभाजित गरी दुई वटा हलहरुमा प्रमुख सजकर्ताको रुपमा महासंघको कोषाध्यक्ष के. पी. अधिकारी र संघीय सदस्य रमेश पोख्रेलले सहजीकरण गर्नुभएको थियो भने सहसजकर्ताको रुपमा गणेश के. सी., निर्मला धिताल र टेकनाथ न्यौपाने रहनुभएको थियो । तालिममा नेपालमा समावेशी शिक्षा अन्तर्गतका विद्यमान प्रावधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कानुन र नियम सम्बन्धी कार्यपत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका समावेशी शाखा तर्फका अधिकृत नारद प्रसाद धमला ज्यूले गर्नुभएको थियो । उक्त तालिममा एक अर्कालाई चिन्न, बुझ्न र साथी बनाउन ऐनामा आफ्नो चित्र बनाइ परिचयात्मक विधिबाट सबैको परिचय गरिएको थियो जसलाई सहभागीहरुले निकै रुचाइएको थियो । परिचयात्मक सत्रपछि सहभागीहरुबाट अपेक्षा संकलन कार्य गरिएको थियो । तालिम दुई वटा हलहरुमा समावेशी शिक्षाका विभिन्न सत्रहरु संचालन गरिएको थियो । तालिमका प्रमुख सत्रहरुः अपाङ्गताको अवधारणको विकास कसरी भयो ?, समावेशीता वा समावेशीकरण भनेको के हो ? परिवार, विद्यालय, समाज र सरकार/राज्य विभाजन गरी सो समूहमा सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरुलाई कसरी र कुन अवस्थामा अलग्याइन्छ, विभेद गरिन्छ वा बहिस्करणमा पारिन्छ भनी बुदाँहरु टिपोट गरियो र ती विभेदीकरणलाई हटाउन के कस्ता कार्य प्रत्येक समूहले गर्नुपर्छ भनी समबुझाईको विकास गरियो । तालिममा विद्यालय र कक्षाकोठामा अपाङ्गता भएका बालबालिकाले भोग्ने समस्या, विभेद र चुनौतिहरूको पहिचान गरि समाधानका उपाय उपर सामूहिक छलफल गरियो ।
समावेशी शिक्षालाई एकरुपमा बुझ्न र बुझाउन विद्यालयमा सबै अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको पहुँच अभिवृद्धि गर्नका लागि विशेष प्रकारका व्यवस्थाहरु कसरी गर्न सकिन्छ, अष्ट्रेलियाको कोर्षबाट प्राप्त समावेशी शिक्षा सम्बन्धी नेपालको परिपेक्षमा अनुकुल सिकाइ तथा नेपालको अवस्था विश्षेलण उपर प्रस्तुतिकरण भएको थियो । अपाङ्गता सम्बन्धी विभिन्न भिडियोहरु प्रस्तुति भएको थियो । तालिमको अन्तिम सत्रमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा सहभागीहरुबाट आगामी दिनमा आफ्नो स्थानिय स्तरहरुमा समावेशी शिक्षा सम्बन्धी विभिन्न तालिम तथा कार्यक्रमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धतता संकलन गरिएको थियो ।
कार्यक्रमका अन्य केही तस्विरहरुः
![परिचयात्मक सत्रमा आफ्नो परिचयको तयार गर्नुहुदै एक सहभागी](https://nfdn.org.np/wp-content/uploads/2021/03/परिचयात्मक-सत्रमा-आफ्नो-परिचयको-तयार-गर्नुहुदै-एक-सहभागी.jpeg)
![ऐनामा आफूलाई हेरि आफ्नो चित्र बनाई परिचय दिने सत्रमा संकलित सामग्रीहरुको संग्रह](https://nfdn.org.np/wp-content/uploads/2021/03/ऐनामा-आफूलाई-हेरि-आफ्नो-चित्र-बनाई-परिचय-दिने-सत्रमा-संकलित-सामग्रीहरुको-संग्रह.jpeg)
![तालिममा दृष्टिविहिन महिलाले ब्रेललिपिको प्रयोग गर्दै साथीहरुसँग सल्लाह गर्दै सामूहिक कार्यमा सहभागिता गर्नुहुदै](https://nfdn.org.np/wp-content/uploads/2021/03/तालिम-1024x768.jpg)
![तालिमको समावेशी नीति तथा कानुनका सत्रमा सहजकर्ता नारद प्रसाद धमला ज्यूको प्रस्तुतिकरणको बारेमा बहिरा सहभागीहरुलाई सांकेतिक भाषा दोभाषेले संचार गर्नुहुदै](https://nfdn.org.np/wp-content/uploads/2021/03/समावेशी-शिक्षा-सम्बन्धी-तालिम-1024x768.jpg)