विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती

विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती

मितिः २०७६/१२/०८

प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

समाजले डाउन सिन्ड्रोमलाई एक अभिशापको रुपमा लिने भएकोले डाउन सिन्ड्रोम भए का ब्यक्तिहरु आफ्ना नैसर्गिक अधिकारबाट वञ्चित भएका हुन्छन र उनीहरु सामाजिक रुपमा अपहेलित हुन वाध्य भइ आफुलाई अघि बढाउन असमर्थ हुन्छन । नेपालको संबिधानले अपाङ्गताको आधारमा गरिने भेदभावलाइ निषेध गरेता पनि, उनीहरुले राज्यलाई योगदान गर्दै आत्मनिर्भर हुने उत्पादनशील क्षमतालाई नकारात्मक रुपमा लिइन्छ जसले गर्दा शिक्षा हासिल गर्न, स्वतन्त्रता पूर्वक बाँच्न र रोजगारिका लागि अयोग्यको सूचिमा दर्ज गरिन्छ ।  जसले गर्दा उनीहरुको अधिकार्, मर्यादा र समानतामा ठेश पुग्दछ । यदि गुणस्तरीय शिक्षा/ नियमित हेरचाह, उपयुक्त र अनुकुल वातावरण, स्वास्थ्य सेवा र परिवालाई हौशला र सहयोग प्रदान गरियो भने डाउन सिन्ड्रोम भएका व्यक्तिहरु समाजको मुलधार सहभागिता जनाउन अन्य नागरिकको जस्तै नेतृतव गर्न सक्दछन ।

हामी निर्णय गर्छौ भन्ने नाराका साथ विश्व डाउन सिन्ड्रोम दिवस २०२० विश्वव्यापी रुपमा मनाइरहेको सन्दर्भमा  सबै बौद्धिक अपाङ्गता (डाउन सिन्ड्रोम) भएका व्यक्तिहरुले आफ्नो जीवनमा असर पर्ने सवालहरुको स्वतन्त्र तरिकाले निर्णय गर्न पाउनु पर्छ । यस्ता दिवसहरु समावेशीताका,  वकालत, जनचेतना अभिबृद्धी गर्ने अवसरको रुपमा लिइदै आएकोमा यस वर्ष बिश्वब्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफु बचौ र अरुलाई पनि बनाऔ ।   बच्नको लागि सार्वजक कार्यक्रमहरु  यस दिन राष्ट्रिय अपाङ्ग महसंघ नेपालले, सरकार, आफ्ना सदस्य संगठनहरु, मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत निकाय, नागरिक समाज र सम्पूर्ण सरोकारवालाहरुलाई डाउन सिन्ड्रोम भएका व्यक्तीहरुसँग सम्बन्धित र प्रभावित हुने विषयमा उनिहरुले निर्णय गर्न पाउनु पर्ने अधिकारलाइ सुनिस्चित गर्नका लागि सकृय सहयोग पुर्‍याउन आग्रह गर्दछ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल डाउन सिन्ड्रोम भएका व्यक्तीहरुको नैसर्गिक अधिकारको संरक्षण सहित उनीहरुको उत्थानको लागि शुभकामना व्यक्त गर्दछ  ।

राजु बस्नेत

महासचिव

यसलाई PDF फ्मार्टमा डाउन सिन्ड्रोम दिवसको बारेमा डाउनलोड गरी पढ्न र हेर्न सक्नुहुनेछ ।