राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई पारेको प्रभावको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माद्बारा गरिएको…

कोभिड १९ प्रतिकार्य सम्बन्धी महासंघको सूचना (सांकेतिक भाषासहित)

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ ।  यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा  पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।

कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ ।…

पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने (भिडियो)

“पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने” भन्ने भिडियो श्रृङ्खलामा माईक्रोसफ्ट अफिसका बिभिन्न सफ्टवेयरहरू (जस्तै: वर्ड, एक्सल र पावरपोईन्ट) हरूको प्रयोग गरेर फाईलहरू तयार गर्दा ती फाईलहरू कसरी अपाङ्गता भएका व्यक्तिहरूका लागि (विशेषगरी दृष्टिबाचक वा स्क्रिन रिडर सफ्टरवेयर प्रयोग गरेर कम्प्युटर चलाउने दृष्टिबिहिन व्यक्तिहरू) पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रयोगात्मक किसिमले सिकाइएको छ। यी भिडियोहरू राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सि.बि.एम. सँगको साझेदारीमा तयार गरेको हो। यो भिडियो तयार गर्न सहयोग प्राविधिक स्रोत व्यक्ति श्री आयुष श्रेष्ठ हुनुहुन्छ। भिडीयो हेर्नको लागि महासंघको वेवसाइटको यो लिंकमा क्लिक गर्नुहोला ।

अटिजम जनचेतना

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्टिय अपांग महासंघको सहकार्यमा निर्माण गरिएको यस कार्यक्रममा अटिजम भनेको के हो ? अटिजम भएका व्यक्तिहरुका लागि कस्तो वातावरणको आवस्यकता पर्छ? उनिहरुको सिकाईका विधिहरु के हनसक्छन आदि विषयमा जानकारी मुलक विषय वस्तु समेटिएका छन ।

ईमेज च्यानेलको अन्तरक्रिया कार्यक्रम ‘Talk of the Town”

अपाङ्गता दिवसको सेरोफेरोमा रही हालै पारित भएको अपाङ्गता अधिकार ऐनका प्रावधान र प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी र सेभ द चिल्डेनका लैङ्गिक सवालकी विषेशज्ञ श्री सोनी प्रधानसँग ईमेज च्यानलको ‘Talk of the Town’ कार्यक्रममा गरिएको अन्तरक्रिया कार्यक्रम यस भिडियोमा प्रस्तुत गरिएको छ ।

स्रोतः ईमेज च्यानेल

संघियतामा अपाङ्गताका सवाल

श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।

हिमोफिलिया भनेको के हो?

हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।

स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल

स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ। भिडियो…