कोभिड १९ प्रतिकार्य सम्बन्धी सरल भाषामा बनेको भिडियो (सांकेतिक भाषासहित)

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड-१९ प्रतिकार्यको लागि सरल भाषामा भिडियो (सांकेतिक भाषा सहित) तयार गरेको छ । यस भिडियो बनाउने क्रममा सहयोग तथा सहकार्य गर्न हुने सरकारी निकाय, साझेदार संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछौ । साथै यस भिडियोलाई धेरै भन्दा धेरै सेयर गरी जानकारी सबै माझ पुर्याउन सहयोग गरिदिनुहोला ।

नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्बारा तयार गरिएको नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश <iframe width=”697″ height=”392″ src=”https://www.youtube.com/embed/X6c3JZmy7Rw” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

२०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

मिति २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट आज २०७६ चैत्र २५ बाट पहुँचयुक्त सांकेतिक भाषामा समेत प्रशारण गर्ने प्रयास गरिएको छ । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/qAINBp_MVY8″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

कोरोना भाइरस सम्बन्धी सांकेतिक भाषा सहितको सचेतनामुलक भिडियो

कोरोना भाइरस सम्बन्धी सचेतना र जानकारीको लागि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, यु.एस.ए.आइ.डी., राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ह्याण्डीक्याप इन्टरनेशनलको संयुक्त प्रयास । सचेतनामुलक भिडियो, सांकेतिक भाषा सहित ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई पारेको प्रभावको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माद्बारा गरिएको सम्बोधन । सांकेतिक भाषा सहितको भिडियो । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/it9KrnvT7hs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>  

कोभिड १९ प्रतिकार्य सम्बन्धी महासंघको सूचना (सांकेतिक भाषासहित)

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ ।  यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा  पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।

कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको…

पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने (भिडियो)

“पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने” भन्ने भिडियो श्रृङ्खलामा माईक्रोसफ्ट अफिसका बिभिन्न सफ्टवेयरहरू (जस्तै: वर्ड, एक्सल र पावरपोईन्ट) हरूको प्रयोग गरेर फाईलहरू तयार गर्दा ती फाईलहरू कसरी अपाङ्गता भएका व्यक्तिहरूका लागि (विशेषगरी दृष्टिबाचक वा स्क्रिन रिडर सफ्टरवेयर प्रयोग गरेर कम्प्युटर चलाउने दृष्टिबिहिन व्यक्तिहरू) पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रयोगात्मक किसिमले सिकाइएको छ। यी भिडियोहरू राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सि.बि.एम. सँगको साझेदारीमा तयार गरेको हो। यो भिडियो तयार गर्न सहयोग प्राविधिक स्रोत व्यक्ति श्री आयुष श्रेष्ठ हुनुहुन्छ। भिडीयो हेर्नको लागि महासंघको वेवसाइटको यो लिंकमा क्लिक गर्नुहोला ।

अटिजम जनचेतना

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्टिय अपांग महासंघको सहकार्यमा निर्माण गरिएको यस कार्यक्रममा अटिजम भनेको के हो ? अटिजम भएका व्यक्तिहरुका लागि कस्तो वातावरणको आवस्यकता पर्छ? उनिहरुको सिकाईका विधिहरु के हनसक्छन आदि विषयमा जानकारी मुलक विषय वस्तु समेटिएका छन ।