कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको…

पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने (भिडियो)

“पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने” भन्ने भिडियो श्रृङ्खलामा माईक्रोसफ्ट अफिसका बिभिन्न सफ्टवेयरहरू (जस्तै: वर्ड, एक्सल र पावरपोईन्ट) हरूको प्रयोग गरेर फाईलहरू तयार गर्दा ती फाईलहरू कसरी अपाङ्गता भएका व्यक्तिहरूका लागि (विशेषगरी दृष्टिबाचक वा स्क्रिन रिडर सफ्टरवेयर प्रयोग गरेर कम्प्युटर चलाउने दृष्टिबिहिन व्यक्तिहरू) पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रयोगात्मक किसिमले सिकाइएको छ। यी भिडियोहरू राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सि.बि.एम. सँगको साझेदारीमा तयार गरेको हो। यो भिडियो तयार गर्न सहयोग प्राविधिक स्रोत व्यक्ति श्री आयुष श्रेष्ठ हुनुहुन्छ। भिडीयो हेर्नको लागि महासंघको वेवसाइटको यो लिंकमा क्लिक गर्नुहोला ।

अटिजम जनचेतना

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्टिय अपांग महासंघको सहकार्यमा निर्माण गरिएको यस कार्यक्रममा अटिजम भनेको के हो ? अटिजम भएका व्यक्तिहरुका लागि कस्तो वातावरणको आवस्यकता पर्छ? उनिहरुको सिकाईका विधिहरु के हनसक्छन आदि विषयमा जानकारी मुलक विषय वस्तु समेटिएका छन ।

ईमेज च्यानेलको अन्तरक्रिया कार्यक्रम ‘Talk of the Town”

अपाङ्गता दिवसको सेरोफेरोमा रही हालै पारित भएको अपाङ्गता अधिकार ऐनका प्रावधान र प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी र सेभ द चिल्डेनका लैङ्गिक सवालकी विषेशज्ञ श्री सोनी प्रधानसँग ईमेज च्यानलको ‘Talk of the Town’ कार्यक्रममा गरिएको अन्तरक्रिया कार्यक्रम यस भिडियोमा प्रस्तुत गरिएको छ ।

स्रोतः ईमेज च्यानेल

संघियतामा अपाङ्गताका सवाल

श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।

हिमोफिलिया भनेको के हो?

हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।

स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल

स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ। भिडियो हेर्नुहोस्

समाहित शिक्षा

यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

पहुँचयुक्तता

अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।