राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता बारे सचेतनामूलक भिडियो

अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ ।  अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…

लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो

महामारीको समयमा विशेष गरी महिला र बालिकाहरु माथि घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता लैङ्गिक हिंसा बढेको देखिन्छ। महामारीको समयमा नेपालमा हिङ्सा बढेता पनि सो को रिपोरटिङ पहिलेको तुलनामा घटेको सुनिन्छ। महिला, खासगरी अपाङ्गता भएका महिला, बालिका, र त्यसमा पनि आर्थिक र सामाजिक रुपले सीमान्तिकृत महिला/बालबालिकाहरुमा हिंसाको जोखिम बढी देखिन्छ । यसै सन्दर्भमा घरेलु हिंसा र…

कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।

कोभिड १९ प्रतिकार्य सम्बन्धी सरल भाषामा बनेको भिडियो (सांकेतिक भाषासहित)

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड-१९ प्रतिकार्यको लागि सरल भाषामा भिडियो (सांकेतिक भाषा सहित) तयार गरेको छ । यस भिडियो बनाउने क्रममा सहयोग तथा सहकार्य गर्न हुने सरकारी निकाय, साझेदार संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछौ । साथै यस भिडियोलाई धेरै भन्दा धेरै सेयर गरी जानकारी सबै माझ पुर्याउन सहयोग गरिदिनुहोला ।

नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्बारा तयार गरिएको नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश <iframe width=”697″ height=”392″ src=”https://www.youtube.com/embed/X6c3JZmy7Rw” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

२०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

मिति २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट आज २०७६ चैत्र २५ बाट पहुँचयुक्त सांकेतिक भाषामा समेत प्रशारण गर्ने प्रयास गरिएको छ । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/qAINBp_MVY8″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

कोरोना भाइरस सम्बन्धी सांकेतिक भाषा सहितको सचेतनामुलक भिडियो

कोरोना भाइरस सम्बन्धी सचेतना र जानकारीको लागि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, यु.एस.ए.आइ.डी., राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ह्याण्डीक्याप इन्टरनेशनलको संयुक्त प्रयास । सचेतनामुलक भिडियो, सांकेतिक भाषा सहित ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई पारेको प्रभावको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माद्बारा गरिएको सम्बोधन । सांकेतिक भाषा सहितको भिडियो । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/it9KrnvT7hs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>  

कोभिड १९ प्रतिकार्य सम्बन्धी महासंघको सूचना (सांकेतिक भाषासहित)

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ ।  यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा  पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।