आफ्ना आवश्यकता आफै पुरा गर्न छेक्छन् पूर्वाधारले

फोटो कथा

शंकर चैसिर

नीतिमा एउटा, व्यवहारमा अर्कै

नया संविधान, २०७२ अनुसार अन्य व्यक्तिहरूलाई जस्तै हरेक अपाङ्गता भएका व्यक्तिलाई पनि स्वतन्त्र रूपमा आफ्नो दैनिक जीवन यापन गर्ने अधिकार छ । त्यसका लागि  उनीहरूलाई समेत सहज हुने खालका पहुँच-युक्त भौतिक पूर्वाधार एवम् सञ्चार प्रणालीहरूको व्यवस्था गर्नु समाज र राज्यको दायित्व हो । यसै सन्दर्भमा नेपाल सरकारले कम्तीमा पनि सार्वजनिक संरचना, प्रणाली वा पद्धतिको निर्माण एवम् विकाशमा अवलम्बन गर्नु पर्ने न्यूनतम मापदण्ड सहित अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त संरचना  तथा सञ्चार सेवा निर्देशिका २०६९ स्विकृत गरी लागू गरी सकेको छ ।

यद्यपि केही स्थानमा काम सुरु गर्न खोजिएको छ । तथापि उक्त निर्देशिका लागू भएको ५ वर्ष पुगि सक्दा पनि एक-दुई उदाहरणहरूलाई छाडेर सर्वसाधारणका लागि खोलिएका सार्वजनिक स्थलहरू सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वतन्त्र रूपमा सजिलै प्रयोग गर्न सक्ने वा सेवा  लीन सक्ने स्थलहरू बन्न सकेका छैनन् । यसले के देखाउँछ भने तोकिएका न्यूनतम मापदण्डहरू कागजमा मात्रै सीमित छन् । यस भनाइलाई प्रमाणित गर्न कुनै विशेष अनुसन्धान वा अध्ययनको जरुरी पर्ने छैन । देशकै राजधानी काठमान्डौ मुख्य शहरका यी केही झलक नै पर्याप्त छन् यो यथार्थतालाई उजागर गर्न का निम्ति ।

फोटो-कथा

कुनै कार्लयको गेट पर्ने स्थानमा सडकपेटी सकिएर सडकमा ओर्लनुपर्ने छ तर त्यसरी ओर्लनुपर्ने ठाउँ निकै अग्लो छ।

१. काठमाण्डौ बबरमहल स्थित नागरिक उडडयन प्राधिकरण अगाडि रहेको सडकपेटि, जहाँ दृष्टिविहिन व्यक्तिहरूका लागि बाटो पहिल्याउन सजिलो होस् भनेर ट्याक्टाइल विच्छाइएको छ तर यो ट्याक्टाइलकै कारण कुनै पनि बेला दुर्घटना हुन सक्छ । किनकी यो ट्याक्टाइल यस्तो ठाउँमा लगेर टुङ्गाइएको छ जसको अगाडि ठूलो खाडल रहेको कुरा चित्रमा स्पष्ट रूपमा देख्न सकिन्छ ।

जेब्रा क्रसिङ्गको तस्बिर

२. यो फोटोमा काठमान्डौ स्थित माइतीघर कोटेश्वर सडक खण्डको विभिन्न ठाउँमा निर्माण गरिएका जेब्राक्रसिङ्हरूको चित्र देखाइएको छ । जुन अपाङ्गता भएका व्यक्तिहरूका लागि कुनै पनि अर्थमा मैत्रीपूर्ण छैनन् ।

गाडीको अगाडीको च्हिलचियर प्रयोगकर्ता

३. चित्रमा देखाए जस्तै यहाँ चल्ने सार्वजनिक यातायातका साधनहरू अपाङ्गता मैत्री छैनन् । जसको परिणाम स्वरूप उनीहरू सार्वजनिक यातायातको प्रयोगमा ठूलो सास्ती भोग्दै आइरहेका छन् । यद्यपि साझा यातायातले काठमान्डौ उपत्यकामा केही समय अघि देखि ह्विलचियर र्याम्प सहितका १६ ओटा ठूला गाडि सञ्चालन गरिरहेको छ जुन पर्याप्त छैनन् ।

व्यापारिक केन्द्रहरूका अवरोधहरू

४. कम्तीमा पनि सार्वजनिक स्थलहरू सबैका लागि पहुँच युक्त हुनु पर्ने हो, तर अपाङ्गता भएका व्यक्तिहरू चित्रमा देखाए जस्तै दैनिक जीवनमा पुर्ण रूपले अवरोध भोग्दै आइरहेका छन् ।

बैंक तथा एटिएम् मा देखिएका अवरोधहरू

५. आफनाआवस्यकताआफै पुरा गर्न छेक्छन् पूर्वाधारले: संरचनाहरू पहुँच युक्त हुने गरी नबनाएकै कारण अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना दैनिक जीवनका सामान्य भन्दा सामान्य क्रियाकलापहरू स्वतन्त्र रूपमा गर्न सक्ने परिस्थिति बन्न सकेको छैन ।

निर्वाचन आयोगले बनाएको अपाङ्गता मैत्री र्याम्प

६. निर्वाचन आयोगमा अपाङ्गता भएका व्यक्तिहरूको लागी छुट्टाईएको पार्किङ्ग स्थल तथा व्हिलचियर र्याम्प ।

बैंक तथा एटिएम् मा देखिएका अवरोधहरू

७. ललितपुरको पुल्चोकमा निर्माण भएको लबिम मल अपाङ्गता भएका व्यक्तिहरूका लागी पहुँचयुक्त बनाउनका लागी यसमा अपाङ्गता मैत्री व्हिलचियर र्याम्प , अपाङ्गता मैत्री शौचालय, लिफ्ट तथा अपाङ्गता भएका व्यक्तिहरूका लागी छुट्टै पार्किङ्ग स्थल निर्माण गरिएको छ। ।

बैंक तथा एटिएम् मा देखिएका अवरोधहरू

८. सिंहदरबार स्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आफ्नो नयाँ भवनमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी निर्माण गरेको व्हिलचियर र‍्याम्प।