Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

महासङ्घको पहुँचयुक्त कार्यालय र अपाङ्गतामैत्री शौचालय निर्माणको तस्बिर-कथा

Home / Articles / महासङ्घको पहुँचयुक्त कार्यालय र अपाङ्गतामैत्री शौचालय निर्माणको तस्बिर-कथा
December 30, 2019December 30, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp

फोटो कथा

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको भृकुटिमण्डप स्थित केन्द्रिय कार्यालयको आन्तरिक बनावटलाई परिवर्तन गरेर अपाङ्गता भएका व्यक्तिका लागी पहुँचयुक्त बनाईएको छ। त्यसै गरी कार्यालय परिसरमा महिला र पुरुषका लागी छुट्टाछुट्टै अपाङ्गता मै्त्री शौचालय बनाईएको छ। यस सामाग्रीमा सो कार्यालय पुनर्निमाणको तस्बिर कथा समेटिएको छ।

Photo Feature of Restructed Accessible Office of NFDN

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको भृकुटीमण्डप स्थित केन्द्रिय कार्यालयलाई पुनर्निमाण गरी त्यसलाई अपाङ्गमैत्री बनाईएको छ। साथै त्यसमा महिला र पुरुषको लागी पनि अपाङ्गता मैत्री शौचालयको निर्माण गरिएको छ। यो त्यहि पुर्निमाणको फोटो कथा हो। This is a photo story of rebuilding of NFDN Building to make it disability friendly with accessible toilets.

There are 11 images in this folder


पुरानो स्वरुप
पुरानो स्वरुप

काठमाडौँको भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको केन्द्रीय कार्यालय भवन पुनर्निर्माण गरिनु अघिको स्वरूप तस्बिर देखिएको जस्तो थियो । मुख्य प्रवेशद्वार अघिको ह्विलचियर र्‍याम्पको स्लोप नमिलेका कारण ह्विलचियर प्रयोगकर्ताहरूलाई कार्यालय प्रवेश गर्न नै अप्ठ्‍यारो थियो । शौचालय अपाङ्गतामैत्री नभएको र पानीको उचित व्यवस्था नभएका कारण कार्यालयमा आउने सेवाग्राही तथा पाहुनाहरूलाई शौचालय प्रयोग गर्न एकदमै अप्ठ्‌यारो थियो ।

पुनर्निमाणको तयारी

२०७१ साल फागुन महिनादेखि राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको केन्द्रीय कार्यालय र यसमा रहेको शौचालयको पुनर्निर्माण गर्न थालियो । कार्यालयलाई नभत्काई आन्तरिक तथा वाह्‌य मर्मत सम्भार तथा पूरै भाग अपाङ्गतामैत्री हुनेगरी भित्री पार्टिसन गर्न थालियो भने शौचालयलाई पूरै भत्काएर नयाँ अपाङ्गतामैत्री महिला र पुरुष शौचालय बनाउन अष्ट्रेलियन एड र लक्ष्मी हुन्डाई समूह नेपालले आर्थिक साहायता गरे ।

निर्माण प्रकियाको तालनी
निर्माण प्रकियाको तालनी

तस्बिरमा कामदारहरूले कार्यालयको छानाको मर्मत सम्भार गरिरहेका छन् । एकजना कामदार कार्यालयका भित्तामा बिजुलीका लागि नयाँ वायरिङ गर्दैछन् । महासङ्घको कार्यालयमा सम्पूर्ण बिजुलीको वायरिङ बाहिरबाट नदेखिनेगरी नयाँ ढङ्गबाट गरिएको छ । त्यसका साथै सम्पूर्ण कार्यालयभरि नै स्षष्ट प्रकाश दिने नयाँ लेड बल्बहरू राखिएको छ ।

अपाङ्गमैत्री शौचालय पनि
अपाङ्गमैत्री शौचालय पनि

अपाङ्गता मैत्री शौचालयको निर्माण हुँदै ।

आधा काम सकियो!
आधा काम सकियो!

कार्यालय र शौचालय निर्माणको धेरै काम सकिइसकेपछिको तस्बिर हो यो । तस्बिरमा देखिए अनुसार कार्यालयको छानो र सम्पूर्ण भित्ताहरूमा नयाँ रङ लगाइँदै छ ।

भव्य उद्घाटन
भव्य उद्घाटन

२०७२ असार ३१ गते महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नयाँ कार्यालय भवन र त्यसभित्र स्थापना गरिएको अपाङ्गता भएका व्यक्तिहरूका लागि राष्ट्रिय सूचना तथा परामर्श केन्द्रको उद्‌घाटन गर्नुहुँदै ।

दृष्टिबिहिन व्यक्तिहरूको लागी ट्याकटाईल
दृष्टिबिहिन व्यक्तिहरूको लागी ट्याकटाईल

शौचालय जाने बाटोमा ओछ्याइएको ट्‌याक्टायल : कडा पहेँलो रङको यो ट्‌याक्टायलले अल्पदृष्टियुक्त व्यक्तिहरूलाई शौचालय जाने बाटो देखाउने छ भने अन्यभन्दा फरक सतह रहेकाले पूर्ण दृष्टिबिहीन व्यक्तिहरू सेतो छडीले यसलाई छोएर शौचालयसम्म पुग्न सक्नेछन् ।

अपाङ्तामैत्री शौचालय
अपाङ्तामैत्री शौचालय

महासङ्घको कार्यालय परिसरमा निर्माण गरिएको नयाँ अपाङ्गतामैत्री शौचालय । यस शौचालयमा कमोडको उचाइ, समाउने डणडीको उचाइ र प्रकार, ढोकाको चौडाइ, धाराको उचाइ आदि सम्पूर्ण व्यवस्था नेपाल सरकारको मापदण्ड अनुसार रहेको छ ।

फराकिलो रिसेप्सन
फराकिलो रिसेप्सन

महासङ्घको कार्यालय छिर्नेबित्तिकैको रिसेप्सनको चौडा भाग र त्यहाँ बसिरहेका अपाङ्गता भएका व्यक्तिहरू । पहिलाको छिर्न अप्ठ्‌यारो हुने साँघुरो रिसेप्सनलाई परिवर्तन गरी खुला र चौडा गरिएको छ ।

उज्यालो सभाकक्ष
उज्यालो सभाकक्ष

महासङ्घको कार्यालयभित्र निर्माण गरिएको नयाँ सभाकक्ष । यो सभाकक्ष पहिलाको भन्दा फरक, सफा र उज्यालो छ ।

महासँघको कार्यालको नया स्वरुप
महासँघको कार्यालको नया स्वरुप

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको केन्द्रीय कार्यालयको मर्मत, सम्भार र आन्तरिक साजसज्जा गरिएको नयाँ भवन र यसैको छेउमा निर्माण गरिएका नयाँ अपाङ्गतामैत्री शौचालयहरूको ।

logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search