Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

क्षेत्रीय तहमा

Home / Articles / क्षेत्रीय तहमा
November 29, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp

इस्क्यापका सदस्यहरूले आफ्ना सामाजिक विकाससँग सम्बन्धित समिति वा सोसरहका निकायका नियमित सत्र वा बैठकमा इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनको प्रगति, चुनौती र राम्रा अभ्यासबारेमा छलफल गर्नेछन् । यस्ता बैठक वा सत्रमा नागरिक समाजका संस्थाहरूको सहभागितालाई अभिप्रेरित गरिनेछ ।

अपाङ्ता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशक, सन् २०१३-२०२२ का लागि क्षेत्रीय कार्यदल गठन गरिनेछ । त्यो कार्यदलले यसको दस वर्षभरि प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्नेछ । यसको काम इस्क्यापका सदस्य र सम्बद्ध सदस्यहरूलाई आवश्यकता अनुसार मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनका लागि सल्लाह दिनेमा केन्द्रित हुनेछ ।

इस्क्यापको सचिवालयले मन्त्रीस्तरीय घोषणापत्र तथा इन्च्योन रणनीत कार्यान्वयनका लागि विश्लेषणात्मक कामहरू गर्ने र सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने काम गर्नेछ । विशेष गरेर यसले विभिन्न देशमा रहेका राष्ट्रसंघीय निकायसँग देहायबमोजिम सहकार्य गर्नेछः

अधिकारलाई वास्तविक व्यवहारमा उतार्ने अभियान (Make the Rights Real Campaign) लाई प्रवर्द्धन गर्न र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अनुकूल कानुनमा संशोधन गर्न सरकारहरूलाई सहयोग गर्ने ।

सदस्य र सह-सदस्यहरूबीच अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि गरिएका अपाङ्गता समावेशी विकासका राम्रा अभ्यास र राष्ट्रिय अनुभवहरू आदान प्रदानको क्रमलाई प्रवर्द्धन गर्ने । सँग सँगै अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको प्रवर्द्धनका लागि विधायिका र प्रशासनिक निकायहरूबीच पनि अनुभव आदान प्रदान गराउने ।

प्रगतिसम्बन्धी सूचनाहरू सङ्कलन गर्ने र अपाङ्गतासम्बन्धी तथ्याङ्कको विकासमा सहयोग गर्ने ।

अपाङ्गता समावेशी विकास प्रवर्द्धन गर्न सदस्य र सह-सदस्यहरूको क्षमता विकासमा सहयोग गर्ने ।

नागरिक समाजका संस्थाहरू र विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्थाहरूलाई साथमा लिएर काम गर्ने र उनीहरूलाई सरोकारवालाहरूसँग गरिने अन्तरक्रिया र छलफलका लागि क्षेत्रीय मञ्च उपलब्ध गराउने ।

अपाङ्गता भएका व्यक्तिहरू वा तिनका प्रतिनिधि संस्थाहरूको सशक्तीकरण र अवरोधमुक्त समावेशी समाज प्रवर्द्धनका लागि पहिलो एसिया तथा प्रशान्त क्षेत्रीय दशकको समयमा स्थापना भएको अपाङ्गतासम्बन्धी एसिया प्रशान्त विकास केन्द्र (The Asia-Pacific Development Centre on Disability) लाई अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासलाई निरन्तरता दिन र अपाङ्गतामैत्री वस्तु तथा सेवा, रोजगारीका अवसर, उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्नेखालको समावेशी व्यवसायप्रति निजी क्षेत्रको संलग्नतामा विशेष ध्यान केन्द्रित गर्दै बहुक्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने काममा संलग्न गराउने ।

अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशक अन्तर्गतको मन्त्रीस्तरीय घोषणापत्र, सन् २०१३-२०२२ तथा इन्च्योन रणनीतिको सफल कार्यान्वयनमा सहयोग गर्न गणतन्त्र कोरिया सरकारको पहलमा कोरियामै स्थापना गरिएको “अधिकारलाई वास्तविक व्यवहारमा उतार्ने कोष” (Make the Rights Real Fund) लाई आमन्त्रण गर्ने ।

नागरिक समाजका संस्था र तिनमा पनि विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्थाहरूलाई मन्त्रीस्तरीय घोषणापत्र तथा इन्च्योन रणनीति कार्यान्वयनका लागि सहभागी गराइनेछ र दशकभरि नै अपाङ्गता भएका व्यक्तिका अपेक्षा र आवश्यकताहरूप्रतिको निरन्तर सम्बोधनलाई प्रवर्द्धन गरिनेछ ।

logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search