Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

भुमिका

Home / Articles / भुमिका
November 28, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षा र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले २००६ मा पारित गरी २० मे २००८ देखि संसारभरि लागू गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको हुनाले नेपालमा पनि यो अन्तर्राष्ट्रिय कानुन राज्यको पनि कानुनसरह लागू भइसकेको छ । यो महासन्धिले गरेका व्यवस्थालाई सबैले सरल तरिकाले बुझ्न सकियोस् भन्ने उद्देश्यले यसलाई नेपाली भाषामा सरलरूपमा तयार गरिएको छ ।

संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (Economic and Social Commission for Asia and Pacific – ESCAP) ले सन् २०१२ को अक्टुवर २९ देखि नोभेम्बर २ सम्म दक्षिण कोरियाको इन्च्योन सहरमा एसिया तथा प्रशान्त क्षेत्रका देशहरूको सम्मेलन आयोजना गरी एसिया तथा प्रशान्त क्षेत्रका लागि १० वर्षे रणनीति (जसलाई इन्च्योन रणनीति पनि भनिन्छ) निर्माण गरी लागू गरेको छ । यस रणनीतिमा नेपाल सरकारले समेत आफ्नो प्रतिबद्धता जनाइसकेको छ । यो रणनीति अपाङ्गता भएका व्यक्तिका “अधिकारहरूलाई वास्तविक व्यवहारमा उतार्ने” अर्थात “Make the Rights Real” भन्ने मूल नारा र प्रतिबध्दतासहित जारी गरिएको हुनाले यस संस्करणमा त्यही रणनीतिको सरल नेपाली रूपलाई पनि समेटिएको छ ।

अपाङ्गता भएका व्यक्ति, सरोकारवाला तथा सर्वसाधारण सबैले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि र इन्च्योन रणनीतिको महत्व एवं उपादेयताका बारेमा थाहा पाउनु आवश्यक छ । अपाङ्गता भएका व्यक्तिहरूका अधिकार के के हुन् र राज्य, समाज एवं परिवारको अपाङ्गता भएका व्यक्तिहरू प्रतिका कर्तव्य के के हुन् भन्ने विषयमा जनचेतना अभिवृद्धि गर्न पनि यो पुस्तक तयार पारिएको हो ।

यो महासन्धि र इन्च्योन रणनीतिको सरल रूपमात्र हो, आफैंमा कानुन होइन । यस दस्तावेजमा महासन्धि र इन्च्योन रणनीतिमा उल्लेख गरिएका प्रावधान र विषयहरूलाई विभिन्न उपायमा सरल तरिकाले व्याख्या गरिएको छ । महासन्धिका हरेक धारा र उपधारामा सुनिश्चित गरिएका कानुनी प्रावधान र इन्च्योन रणनीतिका लक्ष, अपेक्षित उपलब्धि र सूचकहरूलाई सरल शब्द अनि वाक्यको प्रयोग, बुँदागत व्याख्या शैली र उदाहरणहरूको प्रस्तुतिबाट बुझाउने सक्दो प्रयास गरिएको छ । यो दस्तावेज लेख्दा सकेसम्म सजिला र दैनिक बोलचालमा प्रयोग भइरहने शब्द र वाक्यहरू प्रयोग गरिएको छ । व्याख्या गरेर बुझाउन नसकिने कुराहरूलाई बुझाउन उदाहरण प्रस्तुत गरिएको छ ।

यो पहिलो प्रयास भएको हुनाले यसलाई अझ सरल र सजिलो बनाउन सकिने पर्याप्त सम्भावना रहेको कुरालाई हामी सहर्ष स्वीकार्छौँ र यसका लागि रचनात्मक सुझावको समेत अपेक्षा गरिन्छ । यति हुँदाहुँदै पनि यसले महासन्धि (सीआरपीडी) र इन्च्योन रणनीतिका बारेमा अपाङ्गता भएका व्यक्ति, सकरोकारवाला र यस विषयमा चासो राख्ने व्यक्ति तथा समूहलाई आवश्यक जानकारी दिन सहयोग पुग्नेछ भन्ने अपेक्षा गर्दछु ।

सुदर्शन सुवेदी

राष्ट्रिय अध्यक्ष

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search