Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

धारा २६ : अभ्यस्तता र पुनःस्थापनाका लागि आवश्यक सेवा पाउने

Home / Articles / धारा २६ : अभ्यस्तता र पुनःस्थापनाका लागि आवश्यक सेवा पाउने
November 28, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाईः

  • बढीभन्दा बढी आत्मनिर्भर बनाउन र स्वतन्त्ररूपमा आफ्ना दैनिक कामहरू गर्न सक्षम बनाउन,
  • शारीरिक र मानसिक क्षमता विकास गर्न,
  • काम गरिखाने व्यावसायिक ज्ञान र सीप हासिल गर्न सक्षम बनाउन,
  • जीवनका विभिन्न पक्षमा सहभागी हुन सक्षम र अभ्यस्त तुल्याउन ।
  • दौँतरीको सहयोग (आफ्नै जस्तो समस्या भएका साथीहरूबाट लिने सहयोग वा परामर्श) लिनेदेखि लिएर अन्य विभिन्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् । यसका लागि स्वास्थ्य, रोजगारी, शिक्षा र सामाजिक सेवाका क्षेत्रहरूमा अभ्यस्तता र पुनःस्थापनासम्बन्धी तल उल्लेख गरिएका कामहरू गर्नेछन्ः
  • देशहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि यस्ता सेवा सकेसम्म सुरूको अवस्थामै दिनुपर्छ । यस्ता सेवा दिँदा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता के हो भन्ने कुरामा ध्यान दिनुपर्छ र उनीहरूका हरेक प्रकारका क्षमताहरूको मूल्याङ्कन गरिनुपर्छ ।
  • यस्ता सेवाहरू सकेसम्म अपाङ्गता भएका व्यक्तिहरू रहेको समुदाय र उनीहरूले आवश्यक पर्दा पाउन सक्ने गरी नजिकै व्यवस्था गर्नुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना र अभ्यस्तताका लागि काम गर्ने कर्मचारीहरूलाई कामका बारेमा राम्रो र स्तरीय तालिम दिनुपर्छ र यसलाई निरन्तरता दिइरहनुपर्छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना र अभ्यस्तताका लागि चाहिने सहयोगी सेवा, सहायक सामग्री र उपकरणहरू बनाउने, समुदायस्तरमै उपलब्ध गराउने, नयाँ प्रविधि विकास गर्ने वा नयाँ प्रविधि बाहिरबाट ल्याएर उपयोग गर्ने, सहायक सामग्री र सहयोगी सेवाहरू कसरी प्रयोग गर्ने भन्ने बारेमा तालिम दिने जस्ता काम गर्नुपर्छ ।

जीवनका  विभिन्न पक्ष भन्नालेः

मानिसले व्यक्तिको रूपमा, परिवारको सदस्यको रूपमा, समुदाय वा समाजको सदस्यको रूपमा, राष्ट्रको सेवकको रूपमा र यस्तै अन्य विभिन्न भूमिकामा रहेर बिताउने जीवनका पक्षहरूलाई बुझाउँछ ।

पुनःस्थापना सम्बन्धी सेवाको उदाहरणः

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन वा अपाङ्गताका कारणले स्वास्थ्यमा परेको प्रभावलाई सकेसम्म कम गराउन गरिने औषधी उपचार, आवश्यकता अनुसारको सहायक सामग्री दिने, थेरापी सेवाहरू, परामर्श, शल्यक्रिया, कृत्रिम अंग उपलब्ध गराउने, व्यावसायिक सीपहरू सिकाउने जस्ता सेवाहरू ।

अभ्यस्तता सम्बन्धी सेवाहरूको उदाहरणः

सहायक सामग्री प्रयोग गर्ने सीप दिने, कृत्रिम अंगमा बानी पार्न सिकाउने, थेरापी सेवा लिँदै हिँडडुल गर्न वा अंग चलाउन सिकाउने, दैनिक जीवनका कामहरू आत्मनिर्भर भएर गर्न सिकाउने, सेतो छडी लिएर हिँड्न सिकाउने, साङ्केतिक भाषा, ब्रेल आदि सिकाउने, सञ्चारका नयाँ तरिका र माध्यममा बानी हुन सिकाउने ।

logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search