प्रेस विज्ञप्ति
गण्डकी प्रदेश सरकारले मिति २०८२ भाद्र ३ गते अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गरेको ऐतिहासिक अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालय हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछ ।
यो महत्वपूर्ण उपलब्धि राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिको निरन्तर पैरवी, यसको नेतृत्व तथा सबै सदस्य संस्थाहरूको सक्रियता र प्रतिबद्धताको प्रतिफल हो । प्रदेश सरकार स्थापना भएदेखिनै महासंघ गण्डकी प्रदेशको नेतृत्वले ऐन निर्माणका लागि अविरल रूपमा पैरवी गर्दै आएको कुरा हामी सबैलाई विदितै छ । यस निरन्तर प्रयासले आज यस महत्वपूर्ण उपलब्धिलाई सम्भव तुल्याएको छ ।
गण्डकी प्रदेश सातै प्रदेश मध्ये अग्रणी भई, २०७९ सालमा नीति ल्याएको र हाल २०८२ सालमा ऐन पारित गरी संघीयताको वास्तविक कार्यान्वयन गर्ने पहिलो प्रदेश बनेको छ । प्रदेश सरकारले चालु आ.व.मै ऐन कार्यान्वयनका लागि बजेट समेत छुट्ट्याएको हुँदा यस ऐन छिट्टै कार्यान्वयन हुनेमा हामी बिश्वस्त छौं । यससँगै, आवश्यक नियमावली, कार्यविधि र निर्देशिकाहरू पनि छिट्टै बन्नेछन्, जसले ऐनलाई व्यवहारमा लागू गर्ने आधार थप मजबुत बनाउनेछ ।
यस महत्वपूर्ण कदमले गण्डकी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानित र गरिमामय जीवन जिउन सक्ने मार्ग प्रशस्त गर्नेछ । साथै, यस्तो सराहनीय पहललाई अन्य प्रदेश सरकारले समेत अनुकरण गर्ने अपेक्षा गर्दछौं ।
यस ऐन जारी हुनुमा गण्डकी प्रदेशका सदस्य संस्थाहरू तथा महासंघका साझेदार संस्थाहरुको महत्वपूर्ण भूमिकालाई महासंघ सम्मानपूर्वक कदर गर्दछ । यो उपलब्धि महासंघ गण्डकी प्रदेशको दुई कार्यकाल नेतृत्व गरेका प्रदेश अध्यक्ष श्री खोमराज शर्माको कुशल नेतृत्व र उहाँलाई पूर्ण सहयोग गर्ने प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको दरिलो साथ, सहयोग र समर्थनको प्रतिफल हो ।
यसैगरी, गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री, प्रदेश शभा सदस्यहरू, अपाङ्गता भएका प्रदेश सभासद तथा अपाङ्गता अधिकार कर्मि सुनीता थापा, सम्बन्धित कर्मचारीहरू, सञ्चार जगत तथा अन्य सबै सम्बद्ध पक्षहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
रमेश पोख्रेल
प्रवक्ता
मिति:२०८२ भाद्र ०४ गते

Press Release
On the historic occasion of the Gandaki Province Assembly passing the Bill on September 19, 2025 (2082 Bhadra 3) to ensure the rights of persons with disabilities, the National Federation of the Disabled Nepal (NFDN) Federal Office extends its heartfelt congratulations and sincere gratitude.
This remarkable achievement is the outcome of the relentless advocacy of the Gandaki Province Committee, its leadership, and the active engagement and commitment of all member organizations. Since the establishment of the provincial government, the leadership of NFDN Gandaki Province has continuously advocated for the formulation of this law. It is the result of these tireless efforts that this historic milestone has been achieved today.
Among all seven provinces, Gandaki has taken the lead by adopting a disability policy in 2089 B.S. and now enacting a provincial disability rights law in 2082 B.S., thereby becoming the first province to truly implement federalism in this regard. As the provincial government has already allocated a budget for its implementation within the current fiscal year, we firmly believe that the law will soon be enforced. Alongside this, the necessary regulations, procedures, and guidelines will also be formulated promptly, further strengthening the foundation for its effective implementation.
This important step will open the path for persons with disabilities in Gandaki Province to live dignified and respected lives. We expect that other provinces will also follow this commendable example.
The National Federation of the Disabled Nepal respectfully acknowledges the vital role played by its partners and member organizations in Gandaki Province in bringing this law into existence. This achievement is also the result of the able leadership of Mr. Khomraj Sharma, who served two terms as Provincial President of NFDN Gandaki Province, and the strong cooperation, solidarity, and support extended by the provincial committee’s office bearers and members.
We also extend sincere thanks to the Chief Minister of Gandaki Province, the Minister for Social Development, Youth and Sports, members of province assembly, province assembly member and disability right activist Hon Suneeta Thapa, the concerned officials, the media, and all other stakeholders who contributed to making this historic step a reality.
Ramesh Pokharel
Spokesperson
Date: August 20, 2025
