आर्थिक शिलबन्दी प्रस्ताव खोल्ने सम्बन्धी सूचना !

आर्थिक शिलबन्दी प्रस्ताव खोल्ने सम्बन्धी सूचना !

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) नामक परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो निर्माण कार्यका लागि आह्वान गरिएको बोलपत्रको सार्वजनिक सूचना अनुसार प्राप्त ८ वटा कम्पनीका आवेदनहरूमा विज्ञ समितिको समेत राय सल्लाह लिई प्राविधिक प्रस्तावहरूको अध्ययन तथा विश्लेषण गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको खरिद समितिको मिति २०७८ साल असोज १६ गते शनिवारका दिन बसेको बैठकवाट देहाय बमोजिमका ४ वटा कम्पनीहरूको प्राविधिक प्रस्तावहरू सबैभन्दा योग्य र उत्कृष्ठ भएको हुनाले सो ४ कम्पनीलाई मात्र आर्थिक प्रतिस्पर्धामा समावेश गराउने निर्णय गरिएको छ र मिति २०७८ आश्वीन १७ गते बेलुकी ४ वजे उक्त कम्पनीहरूका आर्थिक प्रास्ताव छनौट गरिएका कम्पनीहरूकै प्रतिनिधिहरूको उपस्थितिमा खोलिने भएको हुनाले महासंघको रातोपुल स्थित कार्यालयमा उपस्थितिको लागि सम्बन्धित सबैमा यो सूचना गरिन्छ ।

  1. ए.डी.ए. कन्सल्टेन्सी
  2. फोर्स मेडिया प्रा.लि.
  3. सीड कन्सल्टेन्सी
  4. मिटिङ् प्वाइन्ट प्रा.लि.