धारा १० : बाँच्न पाउने अधिकार

हरेक व्यक्तिलाई बाँच्न पाउने अधिकार हुनेछ र अपाङ्गता भएका व्यक्तिलाई समेत यो अधिकार छ । अपाङ्ता भएका व्यक्तिहरूलाई अरू मानिसहरू जत्तिकै बाँच्ने अधिकार छ भन्ने कुरा सबै देशले स्वीकार्नुपर्छ र यसलाई निश्चित गर्नुपर्छ ।

धारा ९ : सबै ठाउँमा अरूसरह पुग्न सकिने वा भौतिक सेवा सुविधा र सञ्चार सेवा सजिलै उपयोग गर्न पाउने

१‍‌. अरू मानिसहरूसरह अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने र दैनिक जीवन चलाउन सक्ने बनाउन वरिपरिका भौतिक सेवा सुविधा, यातायात र सञ्चारका प्रणालीहरू देशहरूले अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न मिल्ने गरी बनाउनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूले सजिलैसँग यस्ता सेवा सुविधा प्रयोग गर्न पाएका छन् कि छैनन्, प्रयोग गर्न पाएका छैनन् भने के कुराले…

धारा ८ : मानिसहरूलाई अपाङ्गताका बारेमा सूचना, जानकारी दिने र समाजमा चेतना बढाउने ।

अपाङ्गताका बारेमा जनमानसमा चेतना फैलाउन, सही जानकारी गराउन र सूचना दिन देशहरूले तल उल्लेख गरिएका कामहरू गर्नुपर्छः अपाङ्गता भएका व्यक्तिहरूले के कस्ता अधिकारहरूको उपयोग गर्न पाउँछन् भन्ने बारेमा परिवार र समाजमा जानकारीहरू गराउने, अपाङ्गता भएका व्यक्तिहरूका लागि हेला र अपमान जनाउने परम्परादेखि चल्दै आएका व्यवहार, शब्दहरू र उनीहरूलाई हानी हुने खालका काम र व्यवहारहरूलाई निषेध…

धारा ७ : अपाङ्गता भएका बालबालिकाको अधिकार

देशहरूले अपाङ्गता भएका बालबालिकाहरूले अन्य बालबालिकाले जस्तै सबै हक अधिकार उपयोग गर्न पाउँछन् भन्ने कुरा स्वीकार्नुपर्छ र उनीहरूलाई ती सबै अधिकार उपयोग गर्न दिन सबै उपाय अपनाउनुपर्छ । अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिकासरह समान हैसियत दिनुपर्छ र समान व्यवहार गर्नुपर्छ । अपाङ्गता भएका बालबालिकाहरूका लागि कुनै पनि काम गर्दा वा निर्णय लिँदा के गर्दा उनीहरूको…

धारा ६ : अपाङ्गता भएका महिलाहरूको अधिकार

अपाङ्गता भएका महिला र केटी (बालिका, किशोरी) हरूले विभिन्न किसिमका विभेद सहेर बस्नु परिरहेको कुरा स्वीकार गर्ने र उनीहरूले अन्य मानिससरह सबै मानव अधिकार र स्वतन्त्रताहरू उपयोग गर्न पाउने कुरा सुनिश्चित गर्ने, यो अधिकार सुनिश्चित गर्न जे जे उपयुक्त कामहरू गर्नु पर्ने हो, त्यो सबै गर्ने । देशहरूले अपाङ्गता भएका महिला र केटीहरूलाई उनीहरूका अधिकारहरूको…

धारा ५ : सबै समान हुने र कसैलाई पनि भेदभाव नगरिने

यो महासन्धि अनुमोदन गर्ने देशहरूले सबै अपाङ्गता भएका व्यक्ति कानुनको नजरमा समान हुने र कानुनले तोकेका अधिकार र सुविधाहरूको पनि समानरूपमा उपयोग गर्न पाउने कुरा सुनिश्चित गर्छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई हेला, भेदभाव गर्न पाइँदैन भन्ने कुरा सुनिश्चित गर्छन् । यो महासन्धिलाई स्वीकार्ने मुलुकहरूले अपाङ्गताका आधारमा गरिने हेला, विभेद र अपमानहरूलाई निषेध गर्नेछन् र अपाङ्गता…

धारा ४ : महासन्धि स्वीकार गर्ने देशका सरकारले गर्नै पर्ने काम

यो महासन्धिलाई स्वीकार गर्ने सबै देशले वास्तविक व्यवहारमै अपाङ्गता भएका व्यक्तिहरूलाई समान व्यवहार गरेको सुनिश्चित गर्नै पर्छ । यस महासन्धिलाई स्वीकार गर्ने देशहरूले आफ्ना देशमा निम्न अनुसारका काम गर्ने भनेर प्रतिवद्धता गरेका छन्ः नियम र कानुन बनाएर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार सुनिश्चित गर्ने र महासन्धिमा लेखिएका कुराहरूसँग नमिल्ने खालका कानुन भए तिनलाई परिवर्तन गर्ने,…

धारा ३ : आधारभूत सिध्दान्त

(सिद्धान्त भनेको यो महासन्धिमा भएका व्यवस्थाहरूलाई व्यवहारमा ल्याउँदा सधैँ ध्यान दिनै पर्ने कुरा हो ।) ती यस्ता छन् : मानिसहरू आफूलाई लागेको कुरा छान्न स्वतन्त्र छन्, मानिसलाई जन्मजात सम्मान पाउने हक छ, व्यक्तिको रूपमा स्वतन्त्र पनि छन् । कसैका विरुद्ध भेदभाव, हेला वा उपेक्षा हुनेछैन । अन्य कुनै व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समाजमा समावेश…

धारा २ : कुन कुन शब्दले के के अर्थ बुझाउँछ ?

सञ्चार भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई कुराकानी गर्न र विभिन्न सूचनालाई बुझ्न सघाउने विधि र तरिकालाई जनाउँछ । उदाहरणका लागि कम्प्युटर, सजिलो भाषा प्रयोग गरेर लेखिएका पढ्ने सामग्री, ब्रेल, सुनेर सञ्चार गर्ने तरिका, ठूलो खालको छापा अक्षर, छोएर गरिने सञ्चार आदि, अपाङ्गताका आधारमा गरिने विभेद भन्नाले अपाङ्गता भएको भनेर हेप्नु, असमान व्यवहार गरिनु, मनमा दुःख लाग्ने शब्दहरू भनेर…