Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ४ : महासन्धि स्वीकार गर्ने देशका सरकारले गर्नै पर्ने काम

November 28, 2019

यो महासन्धिलाई स्वीकार गर्ने सबै देशले वास्तविक व्यवहारमै अपाङ्गता भएका व्यक्तिहरूलाई समान व्यवहार गरेको सुनिश्चित गर्नै पर्छ ।

यस महासन्धिलाई स्वीकार गर्ने देशहरूले आफ्ना देशमा निम्न अनुसारका काम गर्ने भनेर प्रतिवद्धता गरेका छन्ः

  • नियम र कानुन बनाएर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार सुनिश्चित गर्ने र महासन्धिमा लेखिएका कुराहरूसँग नमिल्ने खालका कानुन भए तिनलाई परिवर्तन गर्ने,
  • देश र जनताको विकासका लागि बनाइने सबै नीतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समानताको अधिकार समावेश गर्ने,
  • यो महासन्धिमा लेखिएभन्दा विपरीत वा विरुद्व हुनेगरी कुनै पनि काम नगर्ने र अरूलाई पनि गर्न नदिने,
  • सरकार र तिनका निकायहरूले यस महासन्धिमा लेखिएका व्यवस्थाहरू अनुसार काम गर्ने,
  • अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै संस्था वा व्यक्ति कसैले पनि भेदभाव वा हेला नगरून् भन्ने सुनिश्चित गर्न सबैखालका उपाय अपनाउने,
  • सबै वस्तु तथा सेवा सुविधा सबैले प्रयोग गर्न सक्नेगरी बनाउने वा यसलाई आवश्यक पर्दा सजिलै परिवर्तन गर्न सकिने गरी बनाउने,
  • अपाङ्गता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न र दैनिक जीवनयापनमा मद्दत हुने, गर्ने वा पुग्नेखालका सामग्री र उपकरणहरू उपलब्ध गराउने । त्यस्ता सामग्री र उपकरणहरूको विकास गर्ने प्रविधिहरूमा अध्ययन र अनुसन्धान गर्ने । अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सञ्चार गर्न र आवश्यक सूचनाहरू प्राप्त गर्न सहज हुने खालका प्रविधिहरू विकास गर्ने,
  • अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका लागि आवश्यक पर्ने सहयोगी सामग्री, सेवा, प्रविधि जस्ता कुराहरूका बारेमा उनीहरूले प्राप्त गर्न र प्रयोग गर्न मिल्नेगरी वा उनीहरूको पहुँच पुग्नेगरी जानकारी र सूचनाहरू उपलब्ध गराउने,
  • यो महासन्धिमा लेखिएका सेवा सुविधा र अधिकारहरू राम्रोसँग उपलब्ध गराउन अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्ने मानिसहरूलाई आवश्यक पर्ने सबै तालिमहरू उपलब्ध गराउने,
  • हरेक देशले आफ्नो क्षमताले भ्याएसम्म अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू प्राप्त गर्ने प्रगतिशील ढंगले पर्याप्त बजेट छुट्याउँदै जानुपर्ने ।
  • सबै देशले अपाङ्गता भएका व्यक्तिहरू, तिनका संस्था अनि अभिभावकहरूलाई कानुन एवं नीतिहरू बनाउने प्रक्रिया र कामहरूमा सहभागी गराउनुपर्छ ।
  • देशहरूमा पहिले नै कुनै विषयमा धेरै सुविधा छ वा परम्परादेखि चलेको चलनले थप सुविधा दिने व्यवस्था गरेको छ भने यस महासन्धिमा कम व्यवस्था छ भनेर त्यसलाई घटाउन पाइँदैन ।
  • संघीय राज्य भएका देशमा यो नियम सबै संघमा बराबर लागू हुन्छ

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको व्याख्या

आर्थिक अधिकार : सम्पत्ति कमाउने, सम्पत्ति राख्न पाउने, आफ्नो सम्पत्ति कसरी र कहाँ खर्च गर्ने भनेर आफैँ निर्णय गर्न पाउने, काम गर्न पाउने, रोजगारी गर्न पाउने र भत्ता, पेन्सन लगायतका आर्थिक सहयोग पाउने,

सामाजिक अधिकार : शिक्षा र तालिमको अवसर पाउने, व्यक्तित्व विकास गर्न पाउने, अरूसरह नै समाजका विभिन्न गतिविधिमा सहभागी हुन पाउने, आफ्ना आवश्यकता र छनौटका बारेमा निर्णय गर्न पाउने, विवाह र सम्बन्ध जस्ता कुरा कायम गर्न पाउने आदि,

सांस्कृतिक अधिकार : आफ्नो धर्म र संस्कृति मान्न पाउने, खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने, कला र संस्कृतिका क्षेत्रमा समावेश हुन पाउने आदि ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search