जानकारी सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती बागमती प्रदेशको राजधानि हेटौडामा मिति २०७८ पुष ९ र १० गते ( डिसेम्बर  २४ र २५ २०२१)  प्रदेशको चौथो  साधारण सभा तथा दोस्रो अधिवेशनवाट निर्वाचित  भएको कार्यसमिति विवरण

अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धी सूचना

विगतका वर्षहरु झैँ यसवर्ष पनि अष्ट्रेलियन सरकार (Australian Government)ले अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ को लागि आवेदन खुलेको छ र यस आवदेनको अन्तिम मिति २९ अप्रिल २०२३ सम्म समयावधी रहेको छ । यस आवेदनको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई जानकारी दिन र आवेदनको लागि प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग समन्वय गरी अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धित अभिमुखीकरण सत्रको आयोजना गर्दैछ । उक्त कार्यक्रम यही फागुन ६ गते अर्थात शुक्रबार 18 February 2022 हुन गइरहेको हुनाले इच्छुक सबै जना सहभागी भइदिनुहुन अनुरोध छ ।

VACANCY ANNOUNCEMENT for knowledge management officer (KMO)

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building of Disabled Peoples’ Organizations (DPOs) and other stakeholders, implementation of CRPD and disability specific national legal frameworks and awareness raising on disability rights. As the representative of most marginalized community NFDN is recognized as the pioneer and facilitator for bringing disability related policies and laws in Nepal. NFDN announces this open call to hire a qualified and competent staff for the following positions in the project “Include Us” supported by CBM and requests interested eligible candidates to apply according to the given details and guidelines.

राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा  जानकारि गराउन चाहन्छु।  उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा  १ (क) अनुसार  संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो  र प्रतिनिधि  फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय  तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ ।

पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सबलीकरण सरकारको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो ।

बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन जानकारी सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेश कार्यसमितिको निर्णय गरे बमोजिम मिति २०७८ साल पौष २ गते भित्र प्रतिनिधिको नाम पठाएका निम्न सदस्य संस्थाहरुले मात्र यहि मिति २०७८ साल पौष ९ र १० गतेका दिन हेटौडामा हुन गईरहेको राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी हुन पाउने व्यहोरा जानकारी गराउँदछु ।

स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।

बाग्मती प्रदेशको साधारण सभा तथा अधिवेशन सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेशको चौंथो साधारण सभा दोस्रो अधिवेशन यहि पुष ९ र १० गते हेटौडामा हुन लागिएको हुनाले मिति २०७८ मसिर २३ गते सम्म भएको सदस्य संस्था आवद्धता पुन नविकरण र नविकरण विवरण यस प्रकार रहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० ‍औं दिवस नारा सम्बन्धमा

अपाङ्गता भएका व्यक्तिहरुको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः
अन्तर्राष्ट्रिय नारा
“Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”.
राष्ट्रिय नारा
“हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार”

मितिः २०७८ मंसिर १७ (२०२१ डिसेम्बर ३)

पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति २०७८ मंसीर ०४ र ०५ गते अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको तानसेनमा सम्पन्न भएको छ। पुनर्स्थापना सेवा एकीकृत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने उदेश्यका साथ पाल्पा,गुल्मी र अर्घाखाँचीका १२ वटा सदस्य संस्थाहरुबाट…