जानकारी सम्बन्धमा
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती बागमती प्रदेशको राजधानि हेटौडामा मिति २०७८ पुष ९ र १० गते ( डिसेम्बर २४ र २५ २०२१) प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनवाट निर्वाचित भएको कार्यसमिति विवरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती बागमती प्रदेशको राजधानि हेटौडामा मिति २०७८ पुष ९ र १० गते ( डिसेम्बर २४ र २५ २०२१) प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनवाट निर्वाचित भएको कार्यसमिति विवरण
०७९/०८०/०२ प्रेश बिज्ञप्ती सामाजिक संजाल र विभिन्न निकायहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग जोडिएर दुर्व्यहारका सन्दर्भमा प्रेषित भनाई,टिप्पणीहरु र चासोप्रति महासंघको ध्यानाकर्षण भएको छ…
नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (अपाङ्गता अधिकार प्रवर्धन शाखा) सिंहदरबार, काठमाडौं मितिः २०७६/०५/१५ श्री स्थानीय तह सबै । विषयः पूर्ण…
अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७४ श्रावण २२ गते प्रतिनिधि सभाबाट अनुमोदन भइ २०७४/६/२९ गते सम्माननीय राष्ट्रपति ज्यूबाट प्रमाणिकरण भएपछि औपचारिक रूपमा उक्त विधेयक ऐनको रूपमा लागू भएको हो । सो ऐनको दफा १ मा यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिन देखी लागू हुनेछ भन्ने उल्लेख छ र ऐनमा व्यवस्था भए अनुसार ऐनलाइ पूर्ण रूपमा कार्यान्वयन गर्न चाहिने नियमावली सो अवधिमा बनाइसक्नुपर्ने प्रावधान समेत राखिएको छ । तर ऐन पारित भएको तिन बर्षपछि मात्र आम अपाङगता भएका ब्यक्तिहरुको प्रतिक्षाको रुपमा रहेको नियमावली २०७७ श्रावण ५ गते मन्त्री परिषद्ले पारित गरि २०७७/५/१ गते नेपाल राजपत्रद्धारा सार्वजनिक गरेको छ । यस परिप्रेक्षमा सर्वप्रथम नियमावलीले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा प्राथमिकतामा राख्ने र उनीहरूलाई सेवा सुविधामा पहुँच पुर्याउन विशेष व्यवस्थाहरू गर्ने गरि राखिएका प्रावधानहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्वागत गर्दछ । तर, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् सकेको छैन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेशनल नेपालको साझेदारीमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका संग सम्बन्धित ऐन कानुन/नीतिहरुको संघीय प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति,कार्यक्रम तथा बजेटमा सबै तहमा स्वास्थ्य पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको…