महासंघले सञ्चालन गरिरहेका केहि महत्वपूर्ण परियोजना र मुख्य उपलब्धीहरू

गतिविधि १. अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरण डी.पी.ओ.डी. डेनमार्कसँगको साझेदारीमा सन्  २०१३ बाट शुरु भएको अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणसम्बन्धी परियोजना हाल तेस्रो वर्षमा प्रवेश गरेको छ । जिल्ला कार्य समितिमार्फत १० वटा जिल्ला (झापा, इलाम, नुवाकोट, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, जुम्ला, सुर्खेत, कैलाली र वैतडी) मा र केन्द्रमा विभिन्न गतिविधि सहित सञ्‍चालन भइरहेको यस परियोजना अन्तर्गत केन्द्रीयस्तरमा राष्ट्रिय नीति तथा…

खोई त हाम्रो राजनैतिक अधिकार?

आवरण कथा काठमाडौँ उपत्यकाको पुस महिनाको मुटु नै कमाउने जाडो ! कठ्याङ्‍ग्रिने जाडोमा पक्की सडकमा ह्विलचियर, सेतोछडी, बैशाखी र क्यालिपर लिएका सयौँको सङ्ख्यामा मानिस ! अधिकार र स्वतन्त्रताका लागि चर्का-चर्का नारा घन्काइरहेका … …। यसैबीच त्यो भिड एकाएक सिंहदरबारतिर हानिन्छ । उसैगरी ह्विलचियर, सेतोछडी, वैशाखी अनि क्यालिपरहरूसँगै … … । अचानक प्रहरीको ठूलै टुकडीसँग जम्काभेट…

अपाङ्गता

कविता सरिता अर्याल नभए नि सबल सबै शरीरका अङ्ग, साङ्ग झैँ आघि बढ्न सक्छन् अपाङ्ग ।   हामी पनि देशका निम्ति पक्कै केही गर्छौँ, देशको विकास निर्माणमा पनि लागि पर्छौँ ।   आँखा कान कम्जोर तर बौद्धिक विकास राम्रो, हेलेन केलर बनेकी छिन् उदाहरण हाम्रो ।   बनिन् उनी नव-दिनकी बिहान मिर्मिरे, त्यस्तै अर्की तारा…

समावेशी संविधान

विचार देवकला पराजुली अपाङ्गता बाध्यता, विवशता वा अझ भनौं सत्य हो । संसारमा यस्तो कुनै पनि धर्म र लिङ्ग छैन जहाँ अपाङ्गता नहोस् र अपाङ्गता हुन सक्ने सम्भावना पनि नभएको होस् । प्रत्येक धर्म, वर्ग, जात र समुदायमा हुने हुन सक्ने अपाङ्गता वर्गको वास्तविकता वा पीडा प्रत्येक जातजाति, धर्म, वर्गलाई हुनुपर्ने हो र त्यस्तो भवितव्य…

The Inside Story

Inside Story Shila Thapa Today there are several memories coming in my mind continuously. As I go down the memory lane, a picture of an 8 year old girl flashes every time. The story takes me 5 years back in the time line where I met this girl in Baglung district, a remote area in…

अगाडी र पछाडीका कभर तस्बिरहरू

Rupantaran 2072 Issue 04 Cover Photos These are the photos published on the front and back cover of Rupantaran Poush, 2072 issue   There are 11 images in this folder विश्व शौचालय दिवशको सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपाङ्गता अधिकारकर्मीहरूको भेटघाट । अपाङ्गता भएका व्यक्तिहरूको २४ औं अन्तर्राष्ट्रिय दिवशका अवसरमा आयोजित…

उठ … उठ

कविता उत्तम शिवाकोटी ए दृष्टि नहुने ! तिमीहरू उठ ए बोली नसुन्ने ! तिमीहरू उठ ए खुट्‍टा नहुने ! तिमीहरू उठ ए सिक्न कठिन हुने ! तिमीहरू उठ ए पहिचान नहुने ! तिमीहरू उठ ए शिक्षा नपाउने ! तिमीहरू उठ ए स्वास्थ्य–सुविधा नपाउने ! तिमीहरू उठ ए अधिकार खोसिएका ! तिमीहरू उठ ए समाजबाट टाढिएका…

अपाङ्गता भएका व्यक्तिहरू भत्ताबाट बञ्‍चित

फिचर कृष्ण खनाल रूपन्देहीको सौराह फर्साटिकर गाविस– १ की आशिका थापा शारीरिकरूपमा अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ । उहाँले अघिल्लो वर्ष नै गाउँ विकास समितिबाट सिफारिस बनाई महिला तथा बालबालिका कार्यालय भैरहवाको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ वर्ग अर्थात नीलो कार्ड बनाइसक्‍नु भएको छ । पूर्ण अपाङ्गता भएकी उहाँले नेपाल सरकारले प्रदान गर्ने “नीलोकार्ड’ प्राप्त अपाङ्गता…

अवसरको खाँचो

पहल रमा पौडेल ’प्रभात’ “अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता वा कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) र विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्‍गमा सहभागी हुन बाधा भएको व्यक्त सम्झनुपर्छ भनी परिभाषा गरिएको छ । मानिस हुर्कने बढ्ने क्रममा सामान्यत: शरीरको कुनै एक वा त्योभन्दा बढी अङ्‍गमा…