धारा १२ : कानुनद्वारा समान व्यवहार गरिने
कानुनका अगाडि अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह समानरूपमा पूर्ण व्यक्तिको मान्यता दिने कुरा देशहरू स्वीकार गर्छन् र यसलाई सुनिश्चित गर्छन् । आफूलाई अन्याय पर्दा वा अन्य विभिन्न परिस्थितिहरूमा अरू व्यक्तिहरूसरह अपाङ्गता भएका व्यक्तिहरूले आफूले चाहेको बेलामा कानुनले तोकेका अधिकार र व्यवस्थाहरूको समानरूपमा प्रयोग गर्न पाउँछन् । यस्ता व्यवस्था र अधिकारहरूको प्रयोगमा उनीहरूलाई कुनै रोकावट, अवरोध…