सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।

 कोभिड -१९ को परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धि भर्चुअल (अनलाईन) बैठक

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन,  अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न  संस्थाहरु,  अपाङ्गता भएका व्यक्तिहरु,  उनीहरुका अभिभावक, महासंघका कार्यसमिति र प्रदेश कार्य समिति, महासंघका सदस्य संस्थाहरु र अन्य गैरसरकारी संस्थाहरु गरी ६४ जनाको सक्रिय सहभागितामा जुममार्फत कोभिड १९ बाट उत्पन्न वर्तमान परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था तथा अनुगमनको विषयमा भर्चुअल  (अनलाईन) बैठक आज सम्पन्न भएको छ ।

एन्टी हेमोफेलिक फ्याक्टर खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

प्रदेश नं १ मा रहेका हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको जिवन रक्षाको लागि अत्यावश्यक रक्ततत्व एन्टी हेमोफिलिक फ्याक्टर (Anti-hemophilic Factor VIII & IX) खरिद गर्नुपर्ने भएको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ बिराटनगरस्थित कार्यालयले देहाय बमोजिमको विस्तृत प्राविधिक विवरण भएको Factor VIII and Factor IX आपूर्ति गर्नको लागि आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका र औषधी व्यवस्था विभागबाट उक्त फ्याक्टर आपूर्ति गर्ने इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७  दिन भित्र हुनेगरी तपसिलका शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती

प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ,  यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्‍याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा  र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।

प्रेश बिज्ञप्ती

गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका  ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।

प्रेश बिज्ञप्ती

नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम माथी छलफल गर्ने क्रममा संघीय प्रतिनिधि सभामा मिति २०७७ जेष्ठ ४ गते दिनको ११ बजे प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मणलाल कर्णले अपाङ्गता भएका ब्यक्तिको आत्म सम्मानमा चोट पुग्ने असाध्यै अमर्यादित शब्दहरु प्रयोग गरी हेयको भावनाले सम्बोधन गर्नु भएको हुँदा उक्त निन्दनीय कार्यप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ध्यानाकर्षण भएको छ । संघीय संसद जस्तो गरिमामय सदनका माननीय सदस्यहरुबाट बेला बखत उच्चारण हुने यस्ता शब्दावलीहरुले आम अपाङ्गता भएका ब्यक्तिहरुले हेपिएको महशुस भइरहेको छ ।

कोभिड १९ प्रतिकार्य सम्बन्धी सरल भाषामा बनेको भिडियो (सांकेतिक भाषासहित)

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड-१९ प्रतिकार्यको लागि सरल भाषामा भिडियो (सांकेतिक भाषा सहित) तयार गरेको छ । यस भिडियो बनाउने क्रममा सहयोग तथा सहकार्य गर्न हुने सरकारी निकाय, साझेदार संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछौ । साथै यस भिडियोलाई धेरै भन्दा धेरै सेयर गरी जानकारी सबै माझ पुर्याउन सहयोग गरिदिनुहोला ।

कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन

कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन संघीय मामिला तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पठाइएको छ । मन्त्रालयले “कोभिड-१९ को विरुद्धको अभियानमा अपाङ्गता सम्वन्धी सरोकारवालाहरुका लागि मार्गनिर्देशन, २०७७” यसैसाथ लिङ्क संलग्न गरिएको छ । सो पत्रमार्फत कोभिड-१९ (COVID-19) महामारी व्यवस्थापनका सन्दर्भमा अपाङ्गता सम्बन्धी सरकारी निकायलगायत सम्पूर्ण सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी उक्त मार्गदर्शन कार्यान्वयनका लागि अनुरोध भई आएको हुदाँ सो को कार्यान्वयनका लागि निर्देशानुसार अनुरोध छ ।

General Guidelines for Persons with Disabilities and All Stakeholders on Disability Inclusive Response Against COVID-19 Pandemic in English Version

National Federation of the Disabled Nepal (NFD-N) is happy to share general guidelines and recommendations for persons with disabilities, caretakers, parents, Disabled Peoples Organizations, service provides, government institutions, organizations working on disability issues and all relevant stakeholders on the disability-inclusive response against COVID-19 pandemic. This guideline has been developed by NFD-N in the context of Nepal based on the organizational experience of NFD-N, official information provided by WHO, official information provided by Nepal Government and the recommendations from International Disability Alliance (IDA) on COVID-19. We expect that this guideline would be helpful for all stakeholders to address the issues of persons with disabilities in all preparatory works and responses against COVID-19 in Nepal.

कोभिड १९ को माहामारी र लकडाउनको परिस्थितिमा अपाङ्गता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखाले उजागर गरेका मुख्य तथ्यहरू 

कोभिड १९ को मामामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भैरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल २०७६ साल चैत ११ गतेदेखी सम्पूर्ण देश लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । यसबाट सबै जनता प्रभावित त भएका छन नै त्यसमा गरिव, विपन्न, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित भएका छन् । यसै सन्दर्भमा लकडाउनको अवस्थामा नेपालमा अपाङ्गता भएका व्यक्तिहरू कसरी प्रभावित भैरहेका छन् र उनीहरूका तत्काल संबोधन गर्नुपर्ने समस्या र सवालहरू के के छन् भन्ने विषयमा जानकारी लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललले छिटो बिधिबाट  लेखाजोखा गरेको छ । १२ देखि २२ अप्रील २०२० मा सबै प्रदेशलाइ समेटेर ७१ जिल्लाका ४२२ जना अपाङ्गता भएका व्यक्ति वा तीनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १०१ जना अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग टेलिफोन मार्फत अन्तरवार्ता लिइ गरिएको उक्त लेखाजोखाको प्रतिवेदनले देहायबमोजिम मुख्य तथ्यहरू बाहिर ल्याएको छ ।