क्षेत्रीय तहमा

इस्क्यापका सदस्यहरूले आफ्ना सामाजिक विकाससँग सम्बन्धित समिति वा सोसरहका निकायका नियमित सत्र वा बैठकमा इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनको प्रगति, चुनौती र राम्रा अभ्यासबारेमा छलफल गर्नेछन् । यस्ता बैठक वा सत्रमा नागरिक समाजका संस्थाहरूको सहभागितालाई अभिप्रेरित गरिनेछ । अपाङ्ता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त क्षेत्रीय दशक, सन् २०१३-२०२२ का लागि क्षेत्रीय कार्यदल गठन गरिनेछ…

उपक्षेत्रीय तहमा

एसोसिएसन अफ साउथ इष्ट एसियन नेशन, इकोनोमिक को-अपरेशन अर्गनाइजेशन, दि प्यासेफिक आइल्याण्ड फोरम एण्ड र साउथ एसियन एसोसिएसन फर रिजनल को-अपरेशन जस्ता उपक्षेत्रीय अन्तर सरकारी निकायहरूले आफ्ना कार्यादेशहरूमा अपाङ्गता समावेशी नीति र कार्यक्रमहरूलाई समावेश गरी इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ । इस्क्यापको सचिवालयले अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा…

राष्ट्रियस्तरमा अपानाइने विधि

अपाङ्गताको सवालमा काम गर्न सबै सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्र निर्माण गर्ने । यसभन्दा पहिलेका एसिया तथा प्रशान्त क्षेत्रका दशकहरूमा पनि विभिन्न देशमा यस्ता संयन्त्र गठन भएका छन् । ती निकायले यो रणनीति कार्यान्वयनका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने दायित्व लिनुपर्छ । अपाङ्गतासम्बन्धी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्रको सहयोगमा देशको तथ्याङ्कसम्बन्धी काम…

दशौँ अपेक्षित परिणाम : क्षेत्रीय, अन्तरक्षेत्रीय र उपक्षेत्रीय सहकार्यको विकास गर्ने

एसिया प्रशान्त क्षेत्रका लागि विगतका दुई दशकमा गरिएका कामको अनुभवले विशेष गरेर राम्रा अभ्यास र सिकाइहरूको आदान प्रदान र नयाँ आविष्कार गरिएका कुराहरूको आदान प्रदानमार्फत क्षेत्रीय, अन्तरक्षेत्रीय र उपक्षेत्रीयस्तरको सहकार्यको महत्वलाई दर्शाएको छ । सन् २०११ को डिसेम्बरमा अनुदान प्रभावकारितामा चौथो उच्चस्तरीय मञ्चले अवलम्बन गरेको “प्रभावकारी विकास सहकार्यका लागि बुसान साझेदारी” ले प्रभावकारी विकासका लागि…

नवौँ अपेक्षित परिणाम : अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गराउने र यस अनुकूल राज्यका नियम र कानुनी प्रावधानहरूमा परिवर्तन ल्याउने कामलाई तिब्रता दिने

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अपाङ्गतासम्बन्धी पहिलो अन्तर्राष्ट्रिय कानुनी दस्तावेज हो, जसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण, सम्मान र परिपूर्तिका लागि विस्तृत अवधारणा र उपायहरू प्रदान गर्छ । महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूलाई दयाका पात्रको रूपमा नभएर अधिकार धारकका रूपमा सशक्त बनाउँछ । इस्क्याप क्षेत्रले महासन्धिको मस्यौदा निर्माण गर्ने चरणमा निकै सक्रिय र ऐतिहासिक भूमिका निर्वाह…

आठौँ अपेक्षित परिणाम : विश्वसनीय र तुलनायोग्य अपाङ्गतासम्बन्धी तथ्याङ्कमा सुधार ल्याउने

अपाङ्गता भएका व्यक्तिहरूलाई प्राय लुकाएर राख्ने, उनीहरूका कुरा नसुनिने र उनीहरूलाई गणना नगरिने गरिन्छ । पछिल्ला वर्षहरूमा एसिया तथा प्रशान्त क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको गणना गर्ने क्रममा देशहरूले अवलम्बन गर्ने “अपाङ्गता” र “अपाङ्गता भएका व्यक्तिहरू” को परिभाषामा धेरै विविधता रहेको छ । एसिया प्रशान्त क्षेत्रमा अपाङ्गता भएका व्यक्ति र उनीहरूको सामाजिक, आर्थिक अवस्थाका बारेमा वास्तविक…

सातौँ अपेक्षित परिणाम : अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण र व्यवस्थापन

एसिया प्रशान्त क्षेत्र जलवायु परिवर्तनलगायत विभिन्न विपदहरूबाट धेरै नकारात्मक प्रभाव पर्ने क्षेत्र हो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका नीति, योजना तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई अलग्याउने गरिएका कारणले उनीहरू लगायत अन्य जोखिममा रहेका समूह यस्ता विपदका घटनामा मृत्यु, चोटपटक र थप शारीरिक वा मानसिक क्षतिको शिकार हुने जोखिम अत्यधिकमात्रामा हुन्छ । यस्ता विभिन्न विषयमा…

छैठौँ अपेक्षित परिणाम : लैंगिक समानता र महिला सशक्तीकरण सुनिश्चित गर्ने

अपाङ्गता भएका महिला र केटीहरूले विभिन्न प्रकारका विभेद र दुर्व्यवहारहरूको सामना गर्नुपरेको छ । अलग्याउने प्रवृत्ति र हेरचाह गर्नेसँगको परनिर्भरताले उनीहरूलाई एच.आइ.भी. सङ्क्रमणको जोखिम, गर्भावस्थामा बच्चा वा आमाको मृत्यु हुने लगायत अझ धेरै हिंसा, शोषण र दुर्व्यवहारको जोखिममा पारेको छ । मूलधारका लैंगिक समानतासम्बन्धी कार्यक्रमहरूमा अपाङ्गता भएका महिला समेटिएका छैनन् । यौन तथा प्रजनन स्वास्थ्य…

पाँचौं अपेक्षित परिणाम : अपाङ्गता भएका बालबालिकाका लागि समयमै हस्तक्षेप र शिक्षा

तुलनात्मकरूपमा बौद्धिक अपाङ्गता भएका बालबालिकामाथि धेरै उपेक्षा र हेला हुनेगरेको छ । त्यस्ता बालबालिका धेरैजसो गरीब परिवारमा रहेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा ठूलो संख्यामा अपाङ्गता भएका बालबालिका समयमै पाउनुपर्ने पुनःस्थापनालगायत अन्य सेवा र शिक्षाबाट बञ्चित रहेका छन् । शिशुहरूको उचाइ, वजन र शारीरिक वृद्धि अवस्थाको नियमित जाँच गर्नु जति जरूरी छ त्यति नै…

चौथो अपेक्षित परिणाम : सामाजिक सुरक्षालाई बलियो बनाउने

एसिया तथा प्रशान्त क्षेत्रमा सामाजिक सुरक्षा औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीका लागि गरिने सामाजिक बीमामा मात्र सिमित छ । यस क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रमहरूले ठूलो जनसंख्यालाई समेट्न सकेको छैन । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा पछि परेका छन् । त्यसैले देशहरूले अपाङ्गता भएका व्यक्तिहरू सामाजिक सुरक्षाका कार्यक्रमहरूबाट समान आधारमा लाभान्वित भएका छन्…