सबै एउटै छानामुनि: आकस्मिकताको अवस्थामा अपाङ्गता समावेशी सेल्टर र बसोबास व्यवस्थापन
विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारका १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारका अपाङ्गताबाट प्रभावित छन् । हेल्पएज इन्टरनेशनलको प्रतिवेदनअनुसार संसारमा ६० वर्षभन्दा बढी उमेरका मानिसहरूको जनसंख्या १२ प्रतिशत छ र यो संख्या आगामी सन् २०५० सम्ममा बृद्धि भएर २० प्रतिशत पुग्नेछ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूलाई आकस्मिक वा विपद् र जोखिमका अवस्था लगायत जीवनका हरेक पक्षमा समावेशीकरण गर्नुपर्ने कुरामा जोड दिएको छ । त्यसैले अब समयमै सेल्टर र बसोबाससम्बन्धी सहायतामा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूका विशेष आवश्यकताको पर्याप्त सम्बोधनलाई सुनिश्चित गर्नुपर्छ । “सबै एउटै छानो मुनि” को लक्ष्य विपद्को अवस्थामा अपाङ्गता समावेशी सेल्टर र बसोबास व्यवस्थापनका लागि प्राविधिक मार्गदर्शन प्रदान गरी राम्रा प्रयास र यसको व्यवहारिक कार्यान्वयनको बीचमा रहेको खाडल (Gaps)मा सेतुको काम गर्नु हो ।
आइ.एफ.आर.सी., ह्याण्डीक्याप इन्टरनेशनल र सी.बी.एम., जोसँग विपद् पश्चातका अवस्थामा जोखिममा रहेका र समस्यामा परेका समूहको आवश्यकतालाई सम्बोधन गरेको वस्तुगत अनुभव छ, यी तीनवटै संस्था मिलेर निर्माण गरेको यस पुस्तकले यी संस्था तथा अन्य सङ्घसंस्थाहरूमा प्रयोगमा रहेका मार्गदर्शन र यसैगरी अरू सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड एवं पेशागत विज्ञतालाई समेटेको छ । प्रस्तुत सामग्री मानवीय कार्य गर्दा सेल्टर र बसोबास व्यवस्थापनको योजना निर्माण तथा कार्यान्वयनलाई पूर्णरूपमा समावेशी बनाउन आवश्यक जानकारी दिने मुख्य सन्दर्भ सामग्री बन्नेछ भन्ने अपेक्षा गरिएको छ ।
Microsoft Word Format मा डाउनलोड गर्नुहोस्
PDF Format मा डाउनलोड गर्नुहोस्
https://sastowebsitenepal.com/nfdn EPUB Format मा डाउनलोड गर्नुहोस्