Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Central Board
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

साझेदार सँस्था माईराईटको तर्फबाट शुभकामना सन्देश

Home / Articles / साझेदार सँस्था माईराईटको तर्फबाट शुभकामना सन्देश
November 26, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

बधाई तथा शुभकामना

माइराइट स्वीडेनमा स्थापना भएर अन्तर्राष्ट्रिय विकास सहयोग क्षेत्रमा काम गर्ने अपाङ्‍गता भएका व्यक्तिहरूले स्थापना गरेका संस्थाहरूको मञ्‍च हो । माइराइटले सम्बन्धित देशका अपाङ्‍गता भएका व्यक्तिहरूले मात्र स्थापना गरेका संस्थाहरूसँगको सहकार्यमा अपाङ्‍गता भएका व्यक्तिहरूका हक अधिकार संरक्षण र प्रवर्द्धनका लागि काम गर्छ ।

माइराइट स्वीडिस अन्तर्राष्ट्रिय विकास सहयोग नियोगको आर्थिक सहयोग र आफ्नो मञ्‍च मातहत रहेका स्वीडिस सदस्य संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सन् १९९१ देखि नेपालमा निरन्तररुपमा कार्यरत छ । नेपालमा हाल बहिरा, सुस्तश्रवण, हेमोफिलिया, दृष्टिविहीन र न्यून दृष्टियुक्त, अटिज्म, बौद्धिक अपाङ्‍गतालगायत समग्र अपाङ्‍गता भएका व्यक्तिहरूका साझा सवालमा माइराइटले काम गर्दै आएको छ । यस क्रममा अपाङ्‍गता भएका व्यक्तिहरूले स्थापना गरेका संस्थाहरूको संयुक्त कार्यक्रम अन्तर्गत सीआरपीडी समितिले संविधानमा अपाङ्‍गता भएका व्यक्तिहरूका लागि व्यवस्था गरिएका प्रावधानहरूलाई समेटेर तयार गरेको हाते-पुस्तिका प्रकाशनका लागि सहकार्य गर्न पाउँदा माइराइट नेपाल आभार व्यक्त गर्न चाहन्छ ।

राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाललगायत अपाङ्‍गता भएका व्यक्तिहरूले स्थापना गरेका अन्य नेपाली संस्थाहरूसँग नेपालको संविधान लेखनका क्रममा अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारहरू समाहित गर्ने यात्रामा माइराइटको तर्फबाट पनि एक वा अर्को तवरले योगदान गर्न पाउँदा माइराइट र यसका सदस्य संस्थाहरूले आफूलाई गौरवान्वित महशुस गरेका छन् । यस क्रममा हामी माइराइटका तर्फबाट राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल, नेपाली अपाङ्‍गता अधिकारकर्मीहरू र संस्थाहरू, नेतृत्ववर्ग र सबै अपाङ्‍गता भएका व्यक्तिहरूलाई उहाँहरूको प्रयासहरूको उच्‍च प्रशंसा गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौं ।

अन्त्यमा, मेहनतका साथ यो पुस्तिका तयार गर्ने अधिवक्ता सुदर्शन सुवेदी, जो आफैंमा एक अपाङ्‍गता भएको व्यक्ति, अपाङ्‍गता अधिकारकर्मी र अपाङ्‍गगता आन्दोलनको नेतृत्व हुनुका साथै नेपालको संविधान (२०७२) मा अपाङ्‍गता अधिकार सुनिश्‍चित गराउनका लागि अनवरतरुपमा लाग्नुभयो, उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । यस क्रममा अपाङ्‍गता भएका ब्यक्तिहरूका संस्थाहरूको संयुक्त कार्यक्रमको निर्देशक समितिका सदस्य र त्यस अन्तर्गत रहेको सीआरपीडीको कार्यदलका सबै सदस्यमा हार्दिक आभार व्यक्त गर्दछौं ।

यस पुस्तिकाका माध्यमबाट पाठकवर्ग, विशेषगरी अपाङ्‍गता भएका व्यक्तिहरू र अपाङ्‍गता अधिकारकर्मीलगायत सम्बन्धित सबैलाई संवैधानिक प्रावधानहरूका बारेमा सु-सूचित हुने मौका प्रदान गरी सोहीबमोजिम हक, अधिकार र सुविधाहरू उपभोग गर्ने र गराउने कार्यमा सफलता मिल्नेछ भन्ने आशा गरेका छौं ।

शिव रायमाझी
राष्ट्रिय संयोजक
सञ्‍चालन

सुजना शाक्य
राष्ट्रिय संयोजक
आर्थिक र नियन्त्रण

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Central Board
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search