संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व
संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व
संविधान मूल कानुन हो । यसले राज्यको शासन व्यवस्थालाई निर्देशन गर्छ । संविधान जति नै राम्रो बने पनि त्यसमा गरिएका व्यवस्था कार्यान्वयन गर्न ऐन, नियमावली, नीति, नियम र निर्देशिका बन्नुपर्दछ । संविधानमा भएका कुराहरू संविधान कार्यान्वयन गर्ने दस्तावेजहरूमा परेनन् भने संविधानमा भएका अधिकारहरू हकवालाहरूले प्राप्त गर्न सक्दैनन् ।
संविधान निर्माणपछि अहिले संविधान कार्यान्वयन गर्न/गराउन विभिन्न किसिमका कानुन निर्माणका क्रममा रहेका छन् । ती कानुन अपाङ्गतामैत्री बनाउन अब सरोकारवालाहरू कटिबद्ध भएर काम गर्नुपर्ने हुन्छ । भोलिका दिनमा केन्द्रीयस्तरमा मात्र नभई प्रदेशस्तरीय विधान कानुन बन्नेछन् । यी सबै कानुन र नीति नियमलाई अपाङ्गतामैत्री बनाउन सबै सरोकारवाला लाग्नु अपरिहार्य हुन आउँछ।