प्रेस विज्ञप्ती

ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको सडक व्यापारीलाई महानगर पालिका प्रहरीले गरेको अमानवीय र हिंसात्मक व्यवहार विरुद्धको प्रेस विज्ञप्ती यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण…

प्रेश विज्ञप्ती

०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् ।  जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।…

हार्दिक शुभकामना

मिति २०७९/०५/१५ गते प्रजातन्त्रको पुनर्थापना पश्चात् जारी नेपाल अधिराज्यको संविधान २०४७ ले सुनिश्चित गरेका अधिकार प्रयोग गर्दै अपांगता क्षेत्रका तत्कालीन अभियन्ता र समाजसेवी सवैको पहलमा श्री निर्मल कुमार देवकोटाको नेतृत्वमा बिक्रम संवत् २०५० साल भाद्र १५ गते राष्ट्रिय अपांग महासंघ नेपालको स्थापना भइ यस संस्थाले अपाङ्गता भएका व्यक्तिको अधिकार र हितको लागि निरन्तर काम गरेको…

दृष्टिविहिन नागरिकहरु माथी भएको दुर्व्यवहार सम्बन्धी प्रेस विज्ञप्ती

०७९/०८०/१३ बौद्ध स्तुप परिसर विकास समिति सुरक्षागार्डको पोसाक लगाएका सुरक्षाकर्मीले मिति २०७९ /०४/१२ गते दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका छन । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको दफा ४५ को (४) मा अपाङ्गता भएका व्यक्तिले विना भेदभाव अन्य व्यक्ति सरह समानरुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि नेपाल सरकारले…

बहिरा महिलाको हत्या सम्बन्धी प्रेस विज्ञप्ती

०७९/०८०/१२ समाजमा हरेक कुनै न हिसावले मानिसको एक अर्काप्रति सामाजिक दायित्व हुन्छ । दृष्टिकोणजन्य सोचका कारण पछाडी परेका अपाङ्गता भएका नागरिकहरुप्रतिको कर्तव्य बिर्सेर लमजुङको सुन्दरबजार नगरपालिका १ कुन्छामा एक २८ वर्षीया बहिरा युवतीको करणीपछि हत्या भयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ। गत साउन १० गते मंगलबार…

प्रेश विज्ञप्ती

०७९/०८०/०२ प्रेश बिज्ञप्ती सामाजिक संजाल र विभिन्न निकायहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग जोडिएर दुर्व्यहारका सन्दर्भमा प्रेषित भनाई,टिप्पणीहरु र चासोप्रति महासंघको ध्यानाकर्षण भएको छ । महासंघमा प्राप्त निवेदनका आधारमा घटनाको विश्लेषण गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान नीति बमोजिम कुनै पनि दुर्व्यवहारलाई महासंघ शून्य सहनशिलताको सिद्धान्तमा कार्वाही गर्छ र गरिसकेको पनि छ । तर सामाजिक संजालमा…

प्रेश बिज्ञप्ति

सिरहा जिल्लाको सारस्वरनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री परशुराम साहलाई शारीरिक अपाङ्गता भएका व्यक्तिलाई अपायक स्थानमा सरुवा गर्ने, चार महिनादेखि तलब सुविधा नदिइएको घटना बारेमा विभिन्न सञ्चार माध्यममा प्रकासित र  प्रसारित समाचारहरूप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्य नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा २७,…

प्रेश विज्ञप्ती

४० भन्दा बढी अपाङ्गता भएका व्यक्ति स्थानीय तह निर्वाचनमा निर्वाचित । राजनैतिक गतिविधिमा सहभागी हुन पाउने, सार्वजनिक पद वा कुनैपनि निर्णयायक पदमा आफ्नो प्रतिनिधि चुन्न पाउने वा स्वयम चुनिन पाउने मानवअधिकार प्रत्येक नागरिकलाई हुन्छ । तर अपाङ्गता भएका व्यक्तिहरू यस्तो अधिकारबाट विभिन्न नाममा अक्सर बञ्चित हुने गर्छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी…

प्रेश विज्ञप्ती

अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू, २०७९ साल वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा देशभरिका विभिन्न स्थानबाट अपाङ्गता भएका व्यक्तिहरूले उत्साहजनक रूपमा मतदानमात्र गरेनन् विभिन्न स्थानबाट १२५ जना भन्दा बढी उम्मेद्वार पनि बनेका छन् । स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले ससम्मान…