क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना
श्रावण १ , २०७८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३३१ भन्दा बढी अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरू आवद्ध रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको छाता संगठन हो । यसले आफ्नो स्थापना काल देखि नै सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, सम्वर्धन र सुनिश्चितताका लागि काम गर्दै आईरहेको छ । त्यसका लागि जनवकालत, क्षमता विकास, जनचेतना…