महिला मन्त्रालयले अन्य मन्त्रालयलाई अपाङ्गता मैत्री संरचना बनाउने बारे गरेको परिपत्र
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले नेपाल सरकारका अन्य मन्त्रालयहरूलाई परिपत्र गर्दै “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९” अनुसार नै ती मन्त्रालय मातहतमा निर्माण हुनेे सबै संरचनाहरूलाई अपाङ्गतामैत्री बनाउनका लागी अनुरोध गरेको छ। महासंघलाई बोधार्थ स्वरूप प्राप्त भएको पत्रलाई यस निर्णय कार्यन्वयन गर्नको लागी पैरवीका लागी प्रयोग गर्न सकिनेछ।यस पत्रको स्क्यान कपि डाउनलोड गर्नुहोस् ।
पत्रको पुर्णपाठ यस प्रकार छ।
नेपाल सरकार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
सिंहदरवार, काठमाडौं, नेपाल
फोन नं. : ०१-४२००१६४/४२००१६८
४२०००८२/४२००४१३/४२००४०८
फ्याक्स : ४२००११६
E-mail : mail@mowcsw.gov.np
Website : www.mowcsw.gov.np
पत्र संख्या : ०७५-०७६
चलानी नं.:२१
मितिः २०७५/०५/२२
प्रिय सहकर्मी ज्यू,
सिंहदरबार, काठमाण्डौ ।
विषयः- भवन आचार संहिता कार्यान्वयन गर्ने बारे ।
नेपाल सरकारले सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्ने भन्ने ब्यवस्था भवन आचार संहितामा उल्लेख गरिएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट २०६९।११।६ मा स्वीकृत भएको “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९” मा सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, सम्मेलन केन्द्र, सिनेमा हल, जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुल्ला गरिएका व्यावसायिक तथा आवासीय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम बैंकिङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त स्याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेल समेतको व्यवस्था गरि भौतिक संरचनाका साथै अपाङ्गता भएका व्यक्तिका लागि सूचना सेवामा समेत पहुँच अभिबृद्धि गर्ने व्यवस्था उल्लेख गरिएको छ ।
नेपालको संविधानको धारा १८(३) को प्रतिबन्ध्यात्मक वाक्यांसमा अपाङ्गता भएका व्यक्तिको संरक्षण, सशक्तीकरण वा विकासका लागि राज्यले विशेष व्यवस् गर्न सक्ने व्यहोरा उल्लेख गरिएको छ । त्यस्तै धारा ४२(३)मा “अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भन्ने व्यवस्था उल्लेख गरिएको छ । नेपाल पक्ष राष्ट्र भई हस्ताक्षर गरी सकेको अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी राष्ट्रसंघीय महासन्धि, २००६ लगायत सबै अन्र्तराष्ट्रिय मञ्चहरुमा भौतिक संरचना अपाङ्गता मैत्री बनाउने नेपालले लिखित रुपमा प्रतिबद्धता जनाई सकेको छ । अबको भौतिक संरचनाहरुको निर्माण गर्दा अपाङ्गता मैत्री बनाउने अपाङ्गता सम्बन्धी राष्ट्रिय निति तथा कार्ययोजना, २०६३ मा समेत उल्लेख गरिएको छ । अपाङ्गता भएका व्यक्तिका अधिकार सम्वन्धि ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई सबै सेवा सुविधामा उनीहरुको पहुँच स्थापित गर्न सबै भौतिक तथा सूचना सञ्चारमा समेत अपाङ्गमैत्री बनाउनु पर्ने व्यवस्था छ ।
यती हुँदाहुँदै अधिकांश भौतिक संरचनाहरू अपाङ्गता मैत्री निर्माण भएका छैनन् । गाँउपालिकाको कार्यालय तथा नगरपालिकाको कार्यालयहरुले नक्शा पास गर्दा यो कुराको प्रभावकारी कार्यान्वयन गरेको देखिएको छैन् । सरकारी तवरबाट भौतिक पूर्वाधार निर्माण गर्नका लागि बनाइने अधिकांश नक्सा तथा लगत इष्टिमेटहरु समेत अपाङ्गमैत्री बन्न नसकेको व्यहोरा हामी सबैलाई अवगत नै छ । जबसम्म अपाङ्गता भएका व्यक्तिहरुका लागि भौतिक संरचना अपाङ्गता मैत्री बनाउन सकिदैन तबसम्म उल्लेखित सबै प्रावधानहरु कार्यान्वयन गर्न कठिन हुने देखिएकाले यस मन्त्रालयबाट अपाङ्गता मैत्री भौतिक संरचना निर्माण कार्य कार्यान्वयनका लागि यहाँबाट सबै सरोकारवाला निकायहरुमा पत्राचार समेत गरिएकोमा यद्यपि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।
अपाङ्गताका सवालहरुलाई यथासिघ्र सम्बोधन नगरे यो बिषय ओझेलमा पर्ने, पछि बढी खर्चिलो, अब्यवहारिक एवं कतिपय अवस्थामा कार्यान्वयन गर्ने नसक्ने हुन सक्ने भई तत्कालै कार्यान्वयन गर्नपर्ने आवश्यकता देखिएकाले बिषयको गाम्भिर्यतालाई हदयंगम गर सहकारीज्यूलाई नै सम्बोधन गरी यो पत्राचार गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधा प्राप्तिका लागि पहिलो आवश्यकता अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गरी उनीहरुको पहुँच बृद्धि गर्नुपर्ने भएकाले यस बिषयको प्रभावकारी कार्यान्वयनका लागि ताहाँबाट मन्त्रालय र अन्य सरोकारवाला निकायहरुमा आवश्यक व्यवस्था एवं निर्देशनका लागि अनुरोध गर्दछ।
(बुद्धि बहादुर खड्का)
सचिव
बोधार्थः
श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, अनामनगर, काठमाण्डौ ।
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौ ।
श्री रक्षा मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ काठमाडौ ।
श्री गृह मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री परराष्ट्र मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौं ।
श्री ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार काठमाडौ।
श्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री कानून, न्याय तथा संसदीय मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री वन तथा वातावरण मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री शहरी विकास मन्त्रालय, सिंहदरबार काठमाडौं ।
श्री संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री खानेपानी मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार काठमाडौ ।
श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौ ।