राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
भृकुटीमण्डप
कोटेशन आव्हान गरिएको सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ असार ७ र ८ गते लुम्बिनी प्रदेशमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु समेतको सहभागिता हुने सो कार्यक्रममा करिब ५०० देखि ७०० जना सहभागीहरुको उपस्थिति हुने अपेक्षा गरिएकोछ ।
उल्लेखित संख्याका सहभागीहरुका लागि कार्यक्रम स्थल,खाना तथा आवासको सेवा सुविधा प्रदान गर्नका लागि बुटवल उप-महानगरपालिका तथा कपिलवस्तुको लुम्बीनी क्षेत्रमा सञ्चालनमा रहेका होटेल तथा गेष्ट हाउस सेवा प्रदायकहरुले यो सुचना प्रकाशित भएको मितीले ७ दिनभित्र ईमेल cfo@nfdn.org.np मा मुल्यसूची विवरण सहित देहायबमोजिम फारमसहित कोटेशन प्रस्ताव पेश गर्नुहुन अनुरोध गरिन्छ ।
पेश गर्नुपर्ने कागजातहरु
कोटेशन पत्र (माथि उल्लेखित विवरण अनुसार)
व्यवसाय दर्ता प्रमाणपत्र
भ्याट प्रमाणपत्र
कर चुक्ता प्रमाणपत्र आ व २०७९-८०
थप जानकारीका लागि सम्पर्क
प्रशान्त कुमार झा
प्रमुख वित्त अधिकृत
सम्पर्क नं : ९८५१२३६४०७
फारमहरु
होटेल र गेष्ट हाउसको नक्साङ्कन एंव पहुँचयोग्यता विवरण फारम (1)