Similar Posts

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन

    कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन संघीय मामिला तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पठाइएको छ । मन्त्रालयले “कोभिड-१९ को विरुद्धको अभियानमा अपाङ्गता सम्वन्धी सरोकारवालाहरुका लागि मार्गनिर्देशन, २०७७” यसैसाथ लिङ्क संलग्न गरिएको छ । सो पत्रमार्फत कोभिड-१९ (COVID-19) महामारी व्यवस्थापनका सन्दर्भमा अपाङ्गता सम्बन्धी सरकारी निकायलगायत सम्पूर्ण सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी उक्त मार्गदर्शन कार्यान्वयनका लागि अनुरोध भई आएको हुदाँ सो को कार्यान्वयनका लागि निर्देशानुसार अनुरोध छ ।

  • नेपाल राष्ट्रिय भवन संहिता—२०६ तथा विकास योजनाहरुमा पहुँचयुक्तताको स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन

    June 2021 राष्ट्रिय भवन संहितामा समेटिएका पहुँचयुक्ततासंग सम्बन्धित विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुपका कुराहरुलाई भवन संहितामा समेट्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले…

  • संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारहरु

    नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारहरु के के छन्, ती अधिकारहरुको सही उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयवस्तुहरु यसमा समावेश गरीएको छ ।

  • संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय संयुक्त अन्तरक्रिया आज मिति २०७६ कार्तिक २५ गते सम्पन्न गरेको छ । यस अन्तरक्रियामा महिला, बालबालिका…