रुपान्तरण पत्रिका – २०७२ पौष अंक (वर्ष २०, अंक १)

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट नवनिर्वाचित नया कार्यसमिति बारेको समाचार पनि समेटिएको छ। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।

पहुँचयुक्त पुनःनिर्माण

सम्पादकीय सार्वजनिक भौतिक संरचनाहरू सबैका लागि पहुँचयुक्त हुनु वा प्रयोगकर्तामैत्री हुनुभनेको आधुनिक विकासको निकै सुन्दर पक्ष हो जुन समावेशीकरण र मानवअधिकारसँग पनि त्यतिकै सम्बन्धित छ । यस्ता संरचना, सेवा-सुविधा सबैका लागि पहुँचयुक्त हुनुको अर्को फाइदा उपयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धिहुनु पनि हो । यसले मानिसको सार्वजनिक सहभागिता बढाएर उसलाई आर्थिकलगायत अन्य विभिन्न किसिमले सक्रिय बनाउँछ जसको फाइदा बजार र राज्यले सहजै उठाउन सक्छन् । तर विडम्वना, आम मानिसका लागि खुल्ला गरिएका नीजि वा सरकारी निकायले निर्माण गरेका कार्यालय भवन, सडक, सडकपेटी, खेल मैदान, सार्वजनिक यातायात सुविधा, मनोरञ्‍जन पार्क, विपद्का दृष्टिले संरक्षित खुला स्थान, शैक्षिक संस्था, अस्पताल, होटेल तथा रेष्टुरेन्ट, किनमेल गर्ने…


यसरी स्थापित गरियो अपाङ्‍गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार नेपालको संविधान (२०७२) मा

आवरण लेख नरबहादुर लिम्बू नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा पारी राष्ट्रिय भाषाको मान्यता दिलाउन त्यहाँका सांसद श्रीमती दिलकुमारी भण्डारीले रोएर सम्पूर्ण संसद् सदस्यलाई भावविह्वल बनाएको र नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाएको समाचार म सानै हुँदा सुनेको हुँ । जनतान्त्रिक सवाललाई सम्बोधन गराउन तत्कालीन राष्ट्रिय पञ्‍चायतका जनपक्षीय सदस्य पद्मरत्न तुलाधरले राष्ट्रिय पञ्‍चायतको बैठकमा बलिन्द्र आँशु झारेर रोएको घटना वि.सं. २०४०-४१ को हो । महिला अधिकारसम्बन्धी विधेयक वि.सं. २०६५-६६ तिर संविधानसभाबाट पारित हुँदा समाजसेवी अनुराधा कोइराला खुशीले भावाविभोर भएर संविधानसभाका सबै सदस्य बाहिरिइसक्दा पनि अनवरत ताली बजाइरहेको सन्दर्भ पनि ताजै छ । अपाङ्‍गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार नेपालको संविधान (२०७२)…


नेपालको संविधान (२०७२) मा समेटिएका हाम्रा सवाल

दस्तावेज नेपाली नागरिक भएको हैसियतले यस संविधानमा उल्लेख भएका सबै अधिकार अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह समान आधारमा निर्वाधरूपमा उपयोग गर्न पाउँछन् । यद्यपि, यसबाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केही विशेष अधिकारहरूसहित विशेष व्यवस्थाहरूसमेत गरिएका छन्, जो यस प्रकार छन् : प्रस्तावना (चौथो अनुच्छेद) ... ... वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्‍गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्‍चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै, भाग ३ : मौलिक हक धारा १८ : समानताको हक उपधारा २ : सामान्य कानुनको प्रयोगमा उत्पत्ति,…


१६औं साधारणसभा तथा सातौं महाधिवेशन सम्पन्न, नयाँ केन्द्रीय कार्यसमिति चयन

समाचार पोखरा, पुस १३ । राष्ट्रिय अपाङ्ग महासङ्‍घ– नेपालले २०७२ साल पुस ११ र १२ गते सुन्दर पर्यटकीय नगरी पोखरामा आफ्नो १६औँ वार्षिक साधारणसभा तथा सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । यसै महाधिवेशनबाट संस्थाले आफ्नो २०७१ सालमा संशोधित नयाँ विधान अनुसार केन्द्रीय कार्य समितिको समेत निर्वाचन गरेको छ । कार्य समितिको अध्यक्ष पदमा सुदर्शन सुवेदी पुनः निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा टीका दाहाल, वरिष्ट उपाध्यक्षमा देवीबहादुर पोखरेल, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कुमार रेग्मी र सचिवमा ओमप्रकाश बञ्‍जाडे निर्वाचित हुनुभएको छ । महासङ्‍घको संशोधित विधान अनुसार केन्द्रीय कार्य समिति ३९ जनाको हुन्छ, जसमा अध्यक्षसहित ६ पदाधिकारी र ३३…


अबको बाटो

बिचार राजु बस्नेत समय गतिशील हुन्छ । यसले कहिल्यै पनि र कसैलाई पनि पर्खंदैन । समयको घडीले निन्द्रा, आलस्य र भोक मेटाउन पर्खेर बस्दैन । समयको गतिसँगै हरेक व्यक्ति चलायमान हुने प्रयास गरिरहेका हुन्छन् । समाजमा रहेका हरेक गतिविधि समयको पाबन्दीसँगै स्थिर भएर बसिरहन चाहँदैनन् । अग्रगमनका चाहना गतिशील हुन्छन् । हरेक नाकरिकलाई समान अधिकार दिइनुपर्छ । अधिकार किस्ताबन्दीमा दिने कुरा होइन । मानव अधिकार कसैले दिने उपहार होइन । यो त सबैको जन्मसिद्ध हक हो । प्रत्येक मानिसले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा समान सहभागितासहित स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्ने हामी मान्यता राख्छौं तर अपाङ्गता भएका व्यक्तिहरू, त्यसभित्र पनि पूर्ण…


सशस्त्र द्वन्द्व, महाभूकम्प र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद

आलेख सेनानी पवन घिमिरे विपत्ति प्राकृतिक होस् वा अप्राकृतिक, यसको मानवीय परिणाम भने उस्तै उस्तै हुन्छ– मृत्यु वा अपाङ्गता । मरेर जानेहरू त परिवारलाई मात्र पीडा छाडेर जान्छन् तर अपाङ्गता लिएर बाँच्नेहरू स्वयं पीडित त हुन्छन् नै उनका परिवारसमेत पीडामा डुबिरहेका हुन्छन् । जबसम्म उनीहरू पीडामुक्त हुँदैनन् तबसम्म परिवारसमेत पीडामुक्त हुन सक्दैनन् । यस्तो परिवेशमा पीडितहरूका लागि आवश्यक पुनःस्थापना एवं सशक्‍तीकरणसम्बन्धी उचित कार्य गर्नुपर्ने देखिन्छ । देश दस वर्षे सशस्त्र द्वन्द्वमा फस्यो । करिब छ हजार मानिसले अपाङ्गता बेहोर्न पुगे । तिनीहरूको पुनःस्थापना राज्यका लागि चुनौती बन्नपुगे पनि उनीहरूले बाँच्न सिके र धेरे खुसीका साथ जीवनयापन गरिरहेका छन् । त्यस्तै…


Concept & Principles of Universal Design for Learning

Article Shrikanta Sapkota Abstract This article has been written with the objective of providing information on the concept and principles of universal design of learning. This article presents the standard definition and established principles of UDL. Universal design for learning refers to the design of products and environments to be usable by all people, to the greatest extent possible, without the need for adaptation or specialized design in the field of education. UDL stresses flexible and customizable delivery of content, assignments and activities. This article minutely analyzes the seven principles along with the concept of UDL. Finally, the article concludes…


सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

मन्थन मुकुन्दहरि दाहाल शिक्षण सरल र बुझ्न सक्ने हुनसक्छ । त्यसका लागि तपाईंमा केवल कला‚ सरल भाषा‚ विद्यार्थीको बुझाइको स्तर बुझ्नसक्ने क्षमता हुनुपर्छ र त्यसै अनुसार शिक्षण गर्नुपर्छ । त्यस्तो शिक्षणका लागि यहाँ केही जानकारी छन्, जसलाई शिक्षक/शिक्षिकाले कक्षाकोठामा र विद्यालय परिसर तथा बौद्धिक अपाङ्गता भएका बालबालिकासँग सञ्‍चार गर्न प्रयोग गर्नुपर्दछ । सरल शिक्षण के हो ? विद्यार्थीले बुझ्न र सिक्न सक्नेगरी शिक्षण गराउनु शिक्षकको कर्तव्य हो । विद्यार्थी जब किशोर अवस्थामा जान्छन्, यो अझ जटिल हुन्छ । उनीहरूका धेरै किसिमका जिज्ञासा आउँछन्, जसलाई बुझेर शिक्षण गराउन शिक्षकलाई निकै चुनौतीपूर्ण हुन्छ । यस्तो अवस्थामा विद्यार्थीमा बौद्धिक अपाङ्गता छ भने शिक्षकलाई…


विनय

कविता प्रणय विकल श्रेष्ठ आऊ न आऊ हे शम्भु ! हामीलाई शरणमा लेऊ, तनको आँखामा ज्योति छैन मनमा दर्शन देऊ । कस्तो बन्यो यो सामाजिक संरचना हाम्रो पढे–लेखेका मान्छेको पनि हृदय अति चाम्रो । लौ न आऊ हे प्रभु ! डुब्‍नै लाग्यो नाउ, सबैलाई चेतनाको सही मार्ग बताऊ । तारा खसाल्ने भाषण गर्छन् मीठा कुरा भन्छन्, अपाङ्गलाई दोस्रो दर्जाको नागरिकझै ठान्छन् । लौ न आऊ हे प्रभु ! हाम्रो हात समाऊ, घात–प्रतिघातको वेदनाले लड्खडायो पाउ । धेरै बने नियम–नीति धेरै बने कानून, कार्यान्वयन कैले हुने तिनी आफैं जानून् । लौ न आऊ हे प्रभु ! शीतल मलम लगाऊ, सहन धेरै…


अवसरको खाँचो

पहल रमा पौडेल ’प्रभात’ "अपाङ्गता भएका व्यक्ति" भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता वा कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) र विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्‍गमा सहभागी हुन बाधा भएको व्यक्त सम्झनुपर्छ भनी परिभाषा गरिएको छ । मानिस हुर्कने बढ्ने क्रममा सामान्यत: शरीरको कुनै एक वा त्योभन्दा बढी अङ्‍गमा आउने विचलन र मानसिकरूपमा राम्रोसँग विकास हुन नसक्नुलाई अपाङ्‍गता भनिन्छ । कुनै परिवारमा यस्ता अपाङ्गता भएका बालबालिका देखिएमा समाजमा अपहेलित हुने डरले लुकाएर राख्ने गरेको पाइन्छ । कतै जानेर वा नजानेर अपाङ्गता भएकाहरू समाजमा अपहेलितरूपमा रहेका छन् । शारीरिक कमजोरी त्यसै त पीडाप्रद भइरहेका अपाङ्गता…


अपाङ्गता भएका व्यक्तिहरू भत्ताबाट बञ्‍चित

फिचर कृष्ण खनाल रूपन्देहीको सौराह फर्साटिकर गाविस– १ की आशिका थापा शारीरिकरूपमा अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ । उहाँले अघिल्लो वर्ष नै गाउँ विकास समितिबाट सिफारिस बनाई महिला तथा बालबालिका कार्यालय भैरहवाको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट 'ख' वर्ग अर्थात नीलो कार्ड बनाइसक्‍नु भएको छ । पूर्ण अपाङ्गता भएकी उहाँले नेपाल सरकारले प्रदान गर्ने "नीलोकार्ड' प्राप्त अपाङ्गता भएका व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ताका लागि गाविसमा विवरण भरेर पठाए पनि एक वर्षमा उहाँले कुनै पनि सामाजिक सुरक्षा भत्ता पाउनुभएन । श्रीमान र श्रीमती दुवै नै अपाङ्गता भएका सौराह फर्साटिकर गाविस– १ कै रूपनारायण चौधरी र लुदी चौधरीको पनि नीलो कार्ड छ । उहाँहरूले…


उठ … उठ

कविता उत्तम शिवाकोटी ए दृष्टि नहुने ! तिमीहरू उठ ए बोली नसुन्ने ! तिमीहरू उठ ए खुट्‍टा नहुने ! तिमीहरू उठ ए सिक्न कठिन हुने ! तिमीहरू उठ ए पहिचान नहुने ! तिमीहरू उठ ए शिक्षा नपाउने ! तिमीहरू उठ ए स्वास्थ्य–सुविधा नपाउने ! तिमीहरू उठ ए अधिकार खोसिएका ! तिमीहरू उठ ए समाजबाट टाढिएका ! तिमीहरू उठ ए रोजगारी नपाएका ! तिमीहरू उठ सबै जो जहाँ जहाँ छौ, गोलबद्धहुँदै उठ आफ्ना अधिकार माग गर्दै उठ समाजले बाँधेको बन्धन तोड्दै उठ आफूमा भएको आत्मविश्‍वास जगाउँदै उठ एक न एक दिन समावेशी समाज बनाउने सपना देख्दै उठ भोक र गरिबी चिर्ने…


अगाडी र पछाडीका कभर तस्बिरहरू

Rupantaran 2072 Issue 04 Cover Photos These are the photos published on the front and back cover of Rupantaran Poush, 2072 issue   There are 11 images in this folder विश्व शौचालय दिवशको सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपाङ्गता अधिकारकर्मीहरूको भेटघाट । अपाङ्गता भएका व्यक्तिहरूको २४ औं अन्तर्राष्ट्रिय दिवशका अवसरमा आयोजित प्रभातफेरी । जिल्लाको दुई वर्षे कार्ययोजना तयार गर्दै कैलालीका अपाङ्गताका सम्बन्धमा कार्यरत सङ्घ-संस्थाका प्रतिनिधि । २४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनाली । अपाङ्गता भएका व्यक्तिलाई पेट्रोलियम पदार्थको सहज उपलब्धताका लागि आपूर्तिमन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र…


रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।