रुपान्तरण पत्रिका – २०७२ वैशाख, बर्ष १९, अंक १

देशले वर्तमान समयमा भोग्नु परेको विपतका कारणले केही ढिलो मात्र प्रकाशित यस अङ्कमा अपाङ्गता सम्बन्धी विविध सवालहरूमा तयार गरिएका सामग्रिहरू सम्लग्न गरिएका छन् ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

सम्पादकीय: नयाँ सँविधानमा अपाङ्गता भएका व्यक्तिका सवाल

सुदर्शन सुवेदी संयुक्त राष्ट्रसङ्घले समय समयमा अपाङ्गता भएका व्यक्तिहरूका हक-अधिकार प्रवर्द्धन र संरक्षणका लागि विभिन्न अन्तर्राष्ट्रिय कानुनी दस्तावेज तथा प्रतिबद्धताहरू जारी गर्ने तथा ती दस्तावेजहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहलहरू गर्ने काम गर्दै आएको छ । यस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेजहरूलाई एसिया तथा प्रशान्त क्षेत्रका देशहरूमा प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रसङ्घको क्षेत्रीय निकाय संयुक्त राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा समाजिक आयोग (युएन स्क्याप) मार्फत अरू थप क्षेत्रीय प्रतिबद्धता र कार्ययोजनाहरू पनि आउने गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त क्षेत्रीयस्तरका योजना र नीतिहरू निर्माण गरेर काम गर्न थालिएको सन् १९९२ देखि हो । सन् १९९२ को…


नेपालमा दृष्टिविहीन क्रिकेटको विकास र चुनौती

- सेनानी पवन घिमिरे संसारमा अनेक प्रकारका मानिस हुन्छन् र उनीहरूको अपाङ्गता भएका व्यक्तिहरूप्रतिको दृष्टिकोण पनि फरक फरक हुन्छ । कसैको नजरमा उनीहरू धर्तीका भार हुन्, कसैका लागि दयाका पात्र त कसैका लागि पेशा गर्ने माध्यम । थोरैका लागि मात्र उनीहरू समाजका सामान्य नागरिक हुन् । सरकारी दृष्टिकोण हेर्ने हो भने अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिष्ठा जोगाउन तथा अपाङ्गता भएका व्यक्तिहरूको प्रशंसा बटुल्नका लागि भए पनि अपाङ्गता भएका व्यक्तिहरू प्रति लक्ष्य गरेर धेरै नीति निर्माण तथा सन्धि, महासन्धिहरूमा हस्ताक्षर गरिएको पाइन्छ । सिद्धान्तमा ती राम्रा देखिए पनि व्यवहारमा लागू हुँदैनन् र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा खासै कुनै परिवर्तन आएको पनि पाइँदैन ।…


नाता खोज्दै नदीहरू

– नरबहादुर लिम्बू “तेह्रथुमे” सङ्कल्पसँगै उम्रिएर सुदूर लक्ष्यसँगै लहसिएर उ केवल ओरालो बग्छ दक्षिणतिर उर्लन्छ मात्र नामको स्वतन्त्रता मात्र आभासको निर्बन्धता छातीमा च्यापी धङ्गधङ्गीका बुढा बकैनाका रुखहरू जरैबाट उखेल्दै भङ्गालैपिच्छे अँगालो थपेर खोल्सा र कुलेसाहरूलाई स्नेहको चुम्मन बाँड्दै मथिङ्गलहरू सोहोरेर कलुषितताहरूको डङ्गुर उधिन्दै उ आत्मीयता खोज्दैछ उ आफ्नो हराएको नाता पहिल्याउँदैछ । सिमित स्वतन्त्रतामा बाँच्न वाध्य ऊ उकालो बग्ने उसलाई अधिकार छैन बक्रता ऊबाट पहिलै खोसिएको छ ऊ केवल सिधा हिँड्छ ऊ केवल सोझो बग्छ त्यसैले त ऊ मान्छेभन्दा सिधा छ मान्छेभन्दा बिल्कुल सिधा कसैको बिगार नगर्ने सादा छ उसको प्रण नाता पहिल्याउनु हो वंशावलीको तखता थप्नु हो ऊ नदी…


भकभकेपन: भ्रम र वास्तविकता

सञ्जयकुमार झा भकभकेपन एक प्रकारको स्वर तथा बोलीसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिहरू बोल्दा बीचमा अड्‍किने वा एउटै अक्षर वा शब्दहरू दोहोर्‍याउने गर्छन् । यो समस्या सामान्यतया कुनै पनि उमेरमा देखा पर्ने भए पनि धेरैजसो बाल्यकालमा बोली र भाषाको विकास सुरु हुने बेलामा देखा पर्ने गर्छ । यो समस्या केटीहरूमा भन्दा केटाहरुमा चारगुणा बढी देखा पर्छ । भकभकेपन कुनै रोग होइन । यो एक प्रकारको व्यवहार (behavior) हो । यसलाई थेरापी सेवाको सहयोगमा कम गराउन सकिन्छ । मानिसमा भकभकेपन आउनुको कारण यही नै हो भनेर ठोकुवा गर्ने कुनै आधारहरू हालसम्म फेला परेका छैनन् । यसमा वैज्ञानिकका विभिन्न मत…


अटिजम: पहिचान र उपचार

डा. सुनिता मलेकू अमात्य हाम्रो देशमा विभिन्न जातजाति, धर्म र संस्कृति छन् । अपाङ्गतामा पनि धेरै प्रकार र त्यसमा पनि विविधता छ । हामी अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु जरुरी छ कि सबै अपाङ्गता हेर्नेवित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन । तीमध्यको एउटा हो- “अटिजम”। अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने (Neurodevelopment Disability) अपाङ्गता हो । बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिकरुपमा धेरैजसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन्…


शारीरिक पुनःस्थापना परिवारबाटै किन ?

देवकला पराजुली अपाङ्गता रहर वा इच्छा होइन । यो बाध्यता हो र यथार्थ हो । कुनै जात, धर्म, लिङ्ग वा क्षेत्रविशेष भनेर यो तोकिएको हुँदैन । जसलाई पर्‍यो पर्‍यो, सार्न वा साट्न मिल्दैन तर बाड्न भने सकिन्छ । अनुभूति गर्न सकिन्छ र सेवा, सुविधा र पहुँचमा अवसर दिन सकिन्छ । अथवा, दया र कृपाभन्दा केही माथि उठेर अवसरका रूपमा परिणत गर्न भने पक्कै सकिन्छ । त्यसका लागि परिवार, समाज र राष्ट्रनिर्माणमा जुट्ने व्यक्ति एवं सङ्घ संस्थाहरू सबैको महत्वपूर्ण भूमिका रहन्छ । एउटा बालक जब जन्मन्छ, उसलाई हुर्कन, बढ्न, पढ्न र आफ्नो लक्ष्यमा अगाडि बढ्न घर-परिवार, समाज र राष्ट्रको प्रत्यक्ष भूमिका…


डाउन सिन्ड्रोम: समस्या र न्यूनीकरण

डा. ललिता जोशी डाउन सिन्ड्रोम सामान्यतया देखिने एउटा मानवीय अवस्था हो, जो क्रोमोसोम २१ को एक बढी प्रतिलिपि पूरा वा टुक्राका रूपमा हुनाको कारणले हुन्छ । सामान्यतया हरेक कोषिकामा यो आनुवंशिक फरक गर्भधारणदेखि नै हुन्छ र डाउन सिन्ड्रोम भएका मानिसलाई बच्चा गर्भमा विकास भइरहँदा, बाल्यावस्था र वयस्क जीवनभरि समेत प्रभाव पारिरहन्छ । लक्षण वा विशेषताको एउटा समूह, जसले कुनै अवस्था/समस्या रहेको जनाउँछ, त्यसलाई सिन्ड्रोम भनिन्छ (syndrome is a set of symptoms or characteristics indicating the existence of a particular condition, problem, etc) । एउटै व्यक्तिमा कुनै विशेष सिन्ड्रोमसँग सम्बन्धित धेरै पक्ष छन् भने त्यो सिन्ड्रोम त्यस व्यक्तिमा छ भनिन्छ । एउटा जन्मजात…


साङ्केतिक भाषाको सरकारी मान्यता र त्यसको आवश्यकता

दीपावली शर्मा साङ्केतिक भाषा आम मानसिकता अनुसार आवाजविहीन दृश्य भाषाको रूपमा परिचित होला तर आजको वैज्ञानिक तथा आविष्कारको युगमा अपाङ्गता भएका व्यक्तिहरूको बुझाई प्रस्ट छ कि साङ्केतिक भाषा सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारका लागि पहिलो भाषा हो, जुन बहिराहरूको दैनिक जीवन यापनमा सुन्ने र बोल्ने भाषासरह प्रयोग हुन्छ । यसमा हात र औँलाहरूको चाल, अनुहार र शरीरको हाउभाउले नै विभिन्न शब्दहरू अर्थ्याइन्छ । बहिरा व्यक्तिहरुको सिर्जनाको उपज यो भाषाले कालान्तरमा प्राविधिक रूप लिँदै विकास र परिमार्जन हुँदै आइरहेको छ । धेरैको बुझाइमा साङ्केतिक भाषा विश्वव्यापी भाषा हो, जुन हरेक देशमा एउटै हुन्छ भन्ने पाइन्छ तर त्यस्तो होइन ।…


बेवास्ताको केन्द्रमा श्रवण-दृष्टिविहीनता

मदन महर्जन नेपाल सरकारले २०६३ को राजपत्रमा स्पष्टरूपमा परिभाषित गरेपछि श्रवण-दृष्टिविहीन अपाङ्गतालाई छुट्टै प्रकारको अपाङ्गताको वर्गीकरणमा पारिएको छ । व्यक्तिले सुन्न र देख्न नसक्ने अवस्था नै श्रवण-दृष्टिविहीनता भएको अपाङ्गता हो । अन्तर्राष्ट्रिय तथ्याङ्क अनुसार १० हजारमा १ जना श्रवण-दृष्टिविहीनता भएका व्यक्ति पर्छन् । नेपालमा पनि २५ सयदेखि ३ हजार जनासम्म त्यस्ता व्यक्ति रहेको अनुमान गर्न सकिन्छ । श्रवण-दृष्टिविहीन अपाङ्गतालाई साधारणतया दुई किसिमले विभाजन गर्न सकिन्छ । जन्मजात श्रवण-दृष्टिविहीनता र पछि भएको श्रवण-दृष्टिविहीनता । पछि श्रवण-दृष्टिविहीनता भएका बालबालिकाहरूले बहिरा विद्यालय तथा Blind विद्यालयहरूबाट केही न केही तरिकाले शिक्षा हासिल गरेको पाइन्छ तर जन्मजात श्रवण-दृष्टिविहीनता भएका बालबालिकाहरूको हकमा भने उनीहरू शिक्षाबाट पूर्णरूपमा वञ्चित…


नेपालमा होचा पुड्काहरूको अवस्था

सुन्दरी मिश्र नेपालमा सामान्य मानिसहरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्‍व शारीरिक बनावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ । नेपाल होचा पुड्का संघको विधानमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ । नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परिभाषामा राखेको छ । नेपाल होचा पुड्का संघले भने धार्मिक मान्यता अनुसार ५२ इन्चसम्मलाई मानव अवतारको रूपमा लिएको छ । नेपालमा होचा पुड्का व्यक्तिहरूले अनेक किसिमका समस्या भोग्दै आउनुपरिरहेको छ । सबैभन्दा मुख्य कुरो त होचा पुड्का व्यक्तिहरूको खासै पहिचान र यकीन…


अगाडी र पछाडीका कभर तस्बिरहरू

रुपान्तरण चौमासिक पत्रिकाको २०७१ अंक ०१ को अगाडी र पछाडीका कभरमा प्रकासित तस्बिरहरू यहाँ प्रकासित गरिएको छ। Rupantaran 207201 Cover Photos Pictures published in cover pages (both front and back) of Rupantaran Issue 2072 01 are posted below. There are 6 images in this folder


राष्ट्रिय अपाङ्ग महासँघ नेपाल १५औँ साधारण सभाका तस्बिरहरू

रुपान्तरण चौमासिक पत्रिकाको २०७१ अंक ०१ मा प्रकासित राष्ट्रिय अपाङ्ग महासँघ नेपाल १५औँ साधारण सभाका तस्बिरहरू Picture of NFDN 15th AGM राष्ट्रिय अपाङ्ग महासँघ नेपालको १५औँ साधारण सभाका तस्बिरहरू There are 7 images in this folder                                                          


रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।