१६औं साधारणसभा तथा सातौं महाधिवेशन सम्पन्न, नयाँ केन्द्रीय कार्यसमिति चयन
समाचार
पोखरा, पुस १३ । राष्ट्रिय अपाङ्ग महासङ्घ– नेपालले २०७२ साल पुस ११ र १२ गते सुन्दर पर्यटकीय नगरी पोखरामा आफ्नो १६औँ वार्षिक साधारणसभा तथा सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।
यसै महाधिवेशनबाट संस्थाले आफ्नो २०७१ सालमा संशोधित नयाँ विधान अनुसार केन्द्रीय कार्य समितिको समेत निर्वाचन गरेको छ । कार्य समितिको अध्यक्ष पदमा सुदर्शन सुवेदी पुनः निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा टीका दाहाल, वरिष्ट उपाध्यक्षमा देवीबहादुर पोखरेल, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कुमार रेग्मी र सचिवमा ओमप्रकाश बञ्जाडे निर्वाचित हुनुभएको छ ।
महासङ्घको संशोधित विधान अनुसार केन्द्रीय कार्य समिति ३९ जनाको हुन्छ, जसमा अध्यक्षसहित ६ पदाधिकारी र ३३ सदस्य रहने व्यवस्था छ । समितिमा ३४ प्रत्यक्षरूपमा निर्वाचित हुने र ५ मनोनीत गरिने व्यवस्था छ ।
कार्य समितिमा अपाङ्गताका विभिन्न वर्ग, अशक्तताको अवस्था, अपाङ्गता भएका महिला, बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक, ५ विकास क्षेत्र, कर्णाली क्षेत्र, दलित, जनजाति, मधेशीलगायतको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।
नव निर्वाचित कार्य समिति
पदाधिकारी
अध्यक्ष – सुदर्शन सुवेदी (शारीरिक अपाङ्गता, पुरुष)
महिला उपाध्यक्ष – टीकादेवी दाहाल (शारीरिक अपाङ्गता)
वरिष्ठ उपाध्यक्ष – देवीबहादुर पोखरेल (शारीरिक अपाङ्गता, पुरुष)
महासचिव – राजु बस्नेत (बौद्धिक अपाङ्ता भएका व्यक्तिका अभिभावक, पुरुष)
कोषाध्यक्ष – कुमार रेग्मी (बहिरा व्यक्ति, पुरुष)
सचिव – ओमप्रकाश बञ्जाडे (दृष्टिविहीन, पुरुष)
केन्द्रीय सदस्य
गोमादेवी पौडेल (महिला) | चन्द्रकान्त पौडेल (पुरुष) | सुगम भट्टराई (पुरुष) | सीता सुवेदी (महिला) | प्रमिला श्रेष्ठ जोशी (महिला)
| निर्मलकुमार श्रेष्ठ (पुरुष) | यदुनाथ अधिकारी (पुरुष) | नीताकेशरी भट्टराई (महिला) | रविनकुमार मैनाली (पुरुष) | धर्मराज घिमिरे (पुरुष)
| देवी आचार्य (महिला) | शिव श्रेष्ठ (पुरुष) | शिशिर खनाल (पुरुष) | अस्मिता भट्टराई (महिला) | रमेशलाल श्रेष्ठ (पुरुष)
| कल्पना बज्राचार्य (महिला) | मदन महर्जन (पुरुष) | रामरतन हरिजन (पुरुष) | सतीशचन्द्र झा (पुरुष) | कामिनीदेवी (महिला)
| उदयबहादुर लिम्बू (पुरुष) | तृप्ता मगर (महिला) | यमबहादुर बस्नेत (पुरुष) | गुणराज खतिवडा (पुरुष) | शिवकुमार ज्ञवाली (पुरुष)
| देवीदत्त आचार्य (पुरुष) | मानबहादुर साउद (पुरुष) | नेत्र शाही (पुरुष)
राष्ट्रिय अनुशासन आयोगतर्फ निर्वाचित
संयोजक : टेकनाथ न्यौपाने (पुरुष) | सदस्य : गोकर्णप्रसाद आचार्य (पुरुष) र भुमा चौधरी (महिला)