राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखिनिरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थामा अपाङ्गता भएका ब्यक्तिहरूद्वारा सञ्चालित ३३१ भन्दा बढी गैर-सरकारी संस्थाहरु आवद्ध रहेका छन् । यसले आफ्नो स्थापना कालदेखि जनवकालत, क्षमता विकास, जनचेतना अभिवृद्धी र सहकार्य तथा सन्जालिकरण जस्ता रणनैतिक कार्यहरू गर्दै आइरहेको छ । जसका कारण नेपाली अपाङ्गता आन्दोलनले थुप्रै नीतिगत, कानूनी, संरचनागत एवम् व्यवहारिक परिणामहरू समेत हाँशिल गर्न सफल भएको छ ।
राष्ट्रिय अपाङ्ग महासँघ नेपालले हाल सीबीएमसँगको साझेदारीमा हामीलाई पनि समावेश गर नामक परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच अभिवृद्धी गर्नका लागि पहुँचयुक्तता, अपाङ्गता समावेशी तथ्याङ्क, समावेशी नीति तथा कानूनहरू र संस्थागत क्षमता विकाश जस्ता क्रियाकलापहरू सञ्चालन गरिन्छ । सो परियोजनाको कार्यान्वयनमा आवश्यक मार्गनिर्देश गर्दै प्रभावकारी कार्यक्रम कार्यान्वयनको सुनिश्चित गर्नका लागि सङ्घीय स्तरमा एक सँघीय परियोजना कार्यदल एवम् प्रदेश-१, गण्डकी र कर्णाली प्रदेशमा एक एक वटा प्रादेशिक परियोजना कार्यदल गरी जम्मा चार वटा परियोजना कार्यदलहरू गठन गर्न लागिएको छ । ति परियोजना कार्यदलमा रही काम गर्न इच्छुक तपसिलको योग्यता पुगेका (यसै सूचना साथ सम्लग्न गरिएकोछ) विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितीले ७दिनभित्र आवेदन दिनु हुन अनुरोध गरिन्छ ।
नोट: यसै सूचना साथ राखिएको परियोजना कार्यदल सम्बन्धी जानकारी राम्रोसँग पढेर वा त्यसमा लेखिएका कुराहरू स्पष्ट रूपमा बुझेर मात्र आवेदन गर्नुहुन अनुरोध गरिन्छ ।
आवेदन पठाउनको लागि
संघीय कार्यालय काठमाण्डौ :lcs@nfdn.org.np,
प्रदेश नं १: province1@nfdn.org.np,
गण्डकी प्रदेश :gandaki@nfdn.org.np,
कर्णाली प्रदेश : karnali@nfdn.org.np,
पुनश्चः यस कार्यदलको आवेदनका लागि निम्न लिङ्कमा राखिएको फारम भरेर सम्बन्धित ईमेलमा राखिदिनुहुन अनुरोध गर्दछु साथै यस परियोजनाको बारेमा पनि राखिएको छ कृपया प्राप्त गर्नुहोलाः