धारा ३३ : महासन्धिलाई व्यवहारमा ल्याउने वा कार्यान्वयन गर्ने

देशहरूले – आफ्ना विभिन्न निकायहरूमा अपाङ्गताको विषय हेर्ने छुट्टै निकाय गठन गर्ने, राष्ट्रियस्तरमा अपाङ्गतासम्बन्धी काम गर्ने र विभिन्न निकायबीच समन्वय गर्ने एउटा छुट्टै निकाय निर्माण गर्ने, महासन्धिमा लेखिएका (उल्लेख गरिएका) अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूले पाइरहेका छन् कि छैनन् भन्ने कुराको निरन्तर निगरानी र अनुगमन गर्ने उपायहरू निर्माण गर्ने र त्यसका लागि प्रणाली (संयन्त्र) बनाउने, यस…

धारा ३२ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागि विभिन्न देशले मिलेर काम गर्ने

यो महासन्धिलाई स्वीकार गरेर लागू गर्ने देशले महासन्धिमा उल्लेख गरिएका अधिकार अपाङ्गता भएका व्यक्तिलाई दिलाउन एक अर्कामा मिलेर र एक अर्कालाई सहयोग गरेर काम गर्नुपर्छः देशहरूले – अपाङ्गता भएका व्यक्तिहरूलाई समेत सहभागी गराएर मिलिजुली गरेर काम गर्ने कुरा सुनिश्चित गर्ने छन् । सबैले एकदम राम्रोसँग काम गर्न सकून भन्नका लागि सूचना आदान प्रदान गर्ने, अनुभव…

धारा ३१ : अपाङ्गतासम्बन्धी सूचना र तथ्याङ्क

यो महासन्धि लागू गर्न आवश्यक पर्ने सबैखाले सूचना र तथ्याङ्कहरू देशहरूले संकलन गर्नुपर्ने छ । यसबाहेक तल लेखिए अनुसारसमेत गर्नुपर्छः व्यक्तिगत सूचनाहरू गोप्य र निजी रहनै पर्नेछ । अपाङ्गता भएका व्यक्तिका व्यक्तिगत सूचनाहरूको दुरूपयोग गर्न पाइँदैन र यस्तो कुरा कानुनमै व्यवस्था गर्नुपर्छ । सूचनाहरूको प्रयोगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नियम कानुन र मानव अधिकारसम्बन्धी कानुनहरूमा व्यवस्था…

धारा ३० : चाडबाड मनाउन पाउने र खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने

अन्य व्यक्तिहरूसरह जतिसक्दो धेरै अपाङ्गता भएका व्यक्तिहरूको पनि आफ्नो संस्कृति, चाडबाड मान्न पाउने, खेलहरू खेल्न पाउने र मनोरञ्जन गर्न पाउने अधिकार छ । देशहरूले यो कुरा निश्चित गर्न तल लेखिएका कामहरू गर्नेछन्ः संस्कृति, चाडबाड र मनोरञ्जनका लागि किताब वा पत्रपत्रिका आदि पढ्नका लागि पुस्तकालय सबै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने हुनुपर्छ । टेलिभिजनमा आउने…

धारा २९ : राजनीति गर्न पाउने

अन्य मानिसहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राजनीति गर्ने र राजनीतिक क्रियाकलापहरूमा सहभागी हुने बराबर अधिकार छ । अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह भोट दिन (मतदान गर्न) पाउने, चुनावमा उम्मेदवार हुन पाउने, चुनिएर देश र समाजको सेवा गर्न पाउने, विभिन्न पदमा रहेर काम गर्न पाउने अधिकार हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको राजनीति गर्ने अधिकार सुनिश्चित…

धारा २८ : राम्रो स्तरको जीवन बाँच्न पाउने ।

अपाङ्गता भएका व्यक्ति र तिनको परिवारलाई अन्यसरह राम्रो स्तरको जीवन र बसोवासको व्यवस्था र सामाजिक सुरक्षाको बराबर अधिकार रहने छ र त्यसमा आवश्यकता अनुसार निरन्तर थप सुधारको पनि अधिकार हुनेछ । यस अन्तर्गत पुग्नेगरी खानेकुरा, लत्ताकपडा, वास र सफा पिउने पानीसमेत पर्छन् र यी कुरा अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै किसिमको भेदभाव नगरी उपलब्ध गराउनुपर्छ ।…

धारा २७ : काम, रोजगारी वा जागिर, स्वरोजगारी गर्न पाउने

अन्य व्यक्तिसरह नै अपाङ्गता भएका व्यक्तिहरूको पनि काम गरेर खान पाउने अधिकार छ । यस अन्तर्गतः श्रम बजारमा आफूलाई उपयुक्त लागेको र स्वतन्त्ररूपमा मनपरेको काम रोजेर गर्न पाउने, र खुला, समानरूपमा समावेशी हुनसक्ने र पहुँचयुक्त वातावरणमा काम गर्न पाउने अधिकारसमेत पर्छ ।   यसबाहेक देशहरूले अपाङ्गता भएका व्यक्ति र काम गर्ने क्रममा अपाङ्गता भएका व्यक्ति…

धारा २६ : अभ्यस्तता र पुनःस्थापनाका लागि आवश्यक सेवा पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाईः बढीभन्दा बढी आत्मनिर्भर बनाउन र स्वतन्त्ररूपमा आफ्ना दैनिक कामहरू गर्न सक्षम बनाउन, शारीरिक र मानसिक क्षमता विकास गर्न, काम गरिखाने व्यावसायिक ज्ञान र सीप हासिल गर्न सक्षम बनाउन, जीवनका विभिन्न पक्षमा सहभागी हुन सक्षम र अभ्यस्त तुल्याउन । दौँतरीको सहयोग (आफ्नै जस्तो समस्या भएका साथीहरूबाट लिने सहयोग वा परामर्श) लिनेदेखि लिएर…

धारा २५ : स्वास्थ्यको अधिकार

अन्यसरह अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकतम पाउन सक्नेसम्मको स्वास्थ्यको अधिकार हुनेछ । देशहरूले पुनःस्थापनासँग सम्बन्धित स्वास्थ्य सेवाहरू, महिला वा पुरूष भएका नाताले पाउनुपर्ने स्वास्थ्य सेवाहरू, परिवार नियोजनसँग सम्बन्धित स्वास्थ्य सेवाहरूसमेतमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच भएको सुनिश्चित हुनुपर्ने छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्यको अधिकार सुनिश्चित गर्न देशहरूले देहाय बमोजिम गर्नुपर्छः अन्य व्यक्तिहरूलाई दिएसरह र स्तरकै…