रेडियो नेपालको स्थायी सेवामा ५ प्रतिशत आरक्षण (Five Percentage Reservations in Radio Nepal Permanent Jobs)
सुविधा :
अपाङ्गता भएका व्यक्तिहरूका लागि रेडियो नेपालको स्थायी सेवामा आरक्षणको व्यवस्था गरिएको छ र करार सेवामा कार्यरत अपाङ्गता भएकाव्यक्तिहरूको करार अन्त्य नगर्ने समेत नीति रहेको छ ।
सुविधाका हकदार :
नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने सेवाका लागि योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू ।
सुविधा प्रदान गर्ने निकाय :
रेडियो नेपाल ।
सुविधा प्राप्त गर्ने प्रक्रिया :
रेडियो नेपालले आवेदनका लागि तोकिएको प्रक्रिया पुर्याई अपाङ्गता परिचयपत्रसमेत संलग्न राखी आवेदन दिने ।
सुविधा प्रदान गर्ने आधार :
रेडियो नेपालको सेवा नियमावलीमा व्यवस्था भएको ।