अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।

सहायक सामग्रीहरूमा भन्सार छुट (Free Customs Charges for Assistive Devices)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामग्री जस्तै : ह्विलचियर, बैसाखी, कृत्रिम खुट्टा, सेतो छडी, बहिराहरूका लागि चाहिने श्रवणयन्त्रलगायतमा भन्सार छुटको प्रावधान रहेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत समेटिने र सहायक सामग्री आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय केन्द्रीय…

सहायक सामग्रीहरू प्रदान गर्ने (Distribution of Assistive Devices)

(नीति तथा कार्ययोजनामा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सामग्रीहरू राज्यबाटै अधिकारका रूपमा पाउने प्रावधान रहेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने र सहायक सामग्री आवश्यक पर्र्ने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने सरकारी निकाय: क) महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय/समाजकल्याण परिषद्अन्तर्गत सञ्चालित…

स्थानीय स्तरमा बजेटको व्यवस्था (Provisions for Budget Allocation in Local Level)

(स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा वार्षिक नीति तथा कार्यक्रम मार्फत् निरन्तरता दिइएको ) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूको हित र विकासका लागि खर्च गर्न राज्यका स्थानीय निकायहरू जस्तै जिल्ला विकास समिति, गाउँ विकास समिति वा नगरपालिकाहरूमा स्थानीय विकास मन्त्रालयले बजेटको व्यवस्था गरेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा…

अपाङ्गता भत्ताको व्यवस्था (Provisions for Disability Allowances)

(कानुनमा उल्लेखित एवं वार्षिक नीति तथा कार्यक्रम मार्फत निरन्तरता दिइँदै आएको) सुविधा : नेपाल सरकारले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न जिल्लाका गाविस तथा नगरपालिकामार्फत् मासिक भत्ता दिने व्यवस्था गरेको छ । यस्तो अपाङ्गता परिचयपत्र वितरण निर्देशिकाअनुसार पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रु. १ हजार र अति…

आवास तथा जग्गाको व्यवस्था (Provision for Shelter and Land)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : घरजग्गा तथा आवास नभएका अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले सो व्यवस्था मिलाइदिनसक्ने प्रावधान छ । सुविधाका हकदार नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने घरवास वा जग्गा जमिन नभएका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय : समाजकल्याण अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय सुविधा प्राप्त गर्ने प्रक्रिया :…

अनाथालय तथा सुस्त मनस्थिति केन्द्रको स्थापना तथा सञ्चालन (Establishment of Orphanage and Center of Persons with Intellectual Disability)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : आवश्यकताअनुसार सुस्त मनस्थिति केन्द्रहरू तथा अनाथालयहरूको व्यवस्था राज्यले गरिदिने कानुनी प्रावधान रहेको छ । सुविधाको हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत पर्ने बौद्धिक अपाङ्गता भएका, अनाथ तथा आमाबाबु नभएका अपाङ्गता भएका बालबालिका । सुविधा प्रदान गर्ने निकाय: क) केन्द्रीय स्तरमा : महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, सामाजिक…

अपाङ्गता भएका प्रहरीलाई विशेष सुविधा (Special Facilities for Police with Disability)

सुविधा : नेपाल प्रहरी सेवामा कार्यरत रहँदाकै अवस्थामा अपाङ्गताको सिकार हुने व्यक्तिहरूलाई अशक्त वृत्ति, सन्तति वृत्ति, शैक्षिक भत्ता र आर्थिक सहायतासम्बन्धी व्यवस्था गरिएको छ । सुविधाका हकदार : नेपाल प्रहरीमा सेवा गर्दागर्दै अपाङ्गता भएका प्रहरी । सुविधा प्रदान गर्ने निकाय : प्रहरी प्रधान कार्यालय । सुविधा प्राप्त गर्ने प्रक्रिया : नेपाल मेडिकल बोर्डको सिफारिससहित आफ”ले…

अपाङ्गता भएका व्यक्तिहरूको उत्थानसम्बन्धी सन्देशमूलक कार्यक्रम (Awareness Program for Promoting Persons with Disabilities)

सुविधा : टेलिभिजनबाट लैङ्गिक समानता र अपाङ्गता विषयमा सन्देशमूलक कार्यक्रम निर्माण तथा प्रसारण गरिने । कार्यक्रमका हकदार : नेपाल सरकारको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने अपाङ्गता भएका सबै व्यक्तिहरू । कार्यक्रम कार्यान्वयन गर्ने निकाय : सूचना तथा सञ्चार मन्त्रालय कार्यक्रम सञ्चालनको आधार : आ.व. २०६६/०६७ को वार्षिक कार्यक्रम